
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा एघारौं स्थानमा रहेकाे छ । आजकाे दिन पारिवारिक सम्वन्धमा सुधार आउने छ। आज दिन सोचेको काम पूरा हुनेछन्। आजको दिन दुर्घटना योग परेको छ प्रत्येक पाइलामा ख्याल गर्नु होला । व्यापार मध्यम हुनेछ।विद्यार्थीको लागि आजको दिन ठिकै छ। स्वास्थ्य आज मध्यम रहनेछ।खानपिनमा बिशेष ख्याल राख्नु होला राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेको छ। आज सामाजिक कार्यमा मन जानेछ।परिवारको साथ र स्नेह मिल्नेछ। आजको दिन पराक्रम र मिहिनेत र दिमाखको बलले आयमा वृद्धि हुनेछ। आजको दिन बोल्दा निकै ख्याल गरेर बोल्नुहोला। आज समाजमा प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।व्यापार मध्यम हुनेछ। स्वास्थको बिशेष ख्याल राख्नु होला।मौसमी बिमारले समात्ने सम्भावना ज्यादा रहनेछ। आज केही मात्रामा दही खाध्य पदार्थमा सामेल गर्दा शुभ रहने छ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ। आजको दिन पहिले गरेको कामको प्रतिफल प्राप्त हुनेछ। आज सोचको काम पूरा हुनेछन्। आज आफुभनदा ठुला संग सम्बन्ध बिग्रन सक्छ बिशेष सावधानी अपनाउनु होला। आज आयमा वृद्धि हुनेछ। व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ।पेट सम्बन्धि समस्या रहनेछ। दाम्पत्य जीवन मधुर रहनेछ । आज पहेंलो खाध्य पदार्थ खानामा सामेल गर्दा शुभ रहनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ । हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा दोस्रो स्थानमा रहेको छ। आजको दिन साथीभाइ र प्रियजन्को सहयोग मिल्नेछ। आज उत्सुकताले नयाँ कुरो सिकाउनेछ। आज आत्मविश्वासमा वृद्धि हुनेछ। आज खर्च वृद्धि हुनेछ र आयमा कमि आउनाले चिन्ता बढ्नेछ। व्यापार पनि ठिकै हुनेछ। विद्यार्थीकाे लागि राम्रो छ। स्वास्थ्य ठिकै छ। वैवाहिक सम्बन्ध राम्रो रहनेछ। आज आइरन को मात्रा ज्यादा भएको खाध्य पदार्थ खानामा सामेल गर्दा शुभ हुनेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तेस्रो स्थानमा चन्द्रमा रहेकाे छ। आजको दिन कुनै ठुलो फैसला लिनुपरेमा विज्ञको सल्लाह लिएर मात्र गर्नु होला। आज यश कृति र लाभ प्राप्त हुनेछ।आज बोलिमा संयम राख्नु होला। स्वास्थ्य राम्रो रहेको छ । व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि राम्रो छ।आज धार्मिक यात्राको योग पनि बनेको छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनुहाेला ।हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन चौथो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन फसेको काम बन्नेछन् ।आजको दिन धनलगानि नगर्दा राम्रो हुनेछ। समग्रमा दिन मध्यम छ। आज ठूलाको आशिर्वाद मिल्नेछ।दैनिकी राम्ररी चल्नेछ।आज व्यापार ठिकै हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ। शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पाँचौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन जीवनमा केही राम्रो परिवर्तनको संकेत देखा पर्नेछ। आज नोकरी र ब्यपारी जीवनको सफलताको लागि केही व्यवहारमा सकारात्मक बदलाव ल्याउनु जरुरि छ। आजको दिन राम्रो रहेको छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा छैटौं स्थानमा रहेको छ। आजको दिन सहयोगी हात बढाउदा राम्रो हुनेछ। आज काम सफल बन्नेछन्। आज खर्च बढ्नेछ। आज धार्मिक कार्यको योग बनेको छ।आज व्यापारमा मध्यम हुनेछ। विद्यार्थीकाे लागि राम्रो रहेको छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा सातौं स्थानमा रहेकाेछ।आजको दिन पारिवारिक स्थितिमा सुधार आउने छ। आज तनावको समाधान हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ। आज काम बन्नेछन्।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा मध्यम हुनेछ। स्वास्थ्य राम्रो हुनेछ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ ।आजको दिन सामाजिक महत्त्वको कार्यमा ब्यस्त होइनेछ।आज काममा ध्यानदिएर गर्नु होला। आज मानसिक शान्ति मिल्नेछ। आज आयमा वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा लाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनुहाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेका छन्। आज योजना सफल रहनेछन्।आज कुनै राम्रो खवर मिल्नेछ । व्यापारमा धन हानि हुनेछ। आज खर्च पनि बढ्नेछ। विद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। स्वास्थ्य स्थिति राम्रो रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेका छन्। आजको दिन विश्वासीबाट विश्वासघात हुन सक्छ। मानसम्मानमा वृद्धि हुनेछ । बोल्दा ख्याल गरेर बोल्नुहोला गलत अर्थ लाग्न सक्छ। विद्यार्थीको लागि राम्रो रहेको छ। व्यापारमा वृद्धि हुनेछ। खर्चमा वृद्धि हुनेछ। बढ्दो खर्चले चिन्ता बढाउनेछ। शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।
ज्याे पं विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij