२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चलचित्र निर्देशक बिश्वदीप घिमिरेका हजुरबुबाकाे निधन

चलचित्र निर्देशक बिश्वदीप घिमिरेका हजुरबुबाकाे निधन

सिन्धुली । चलचित्र निर्देशक बिश्वदीप घिमिरेका मावली हजुरबुबाकाे हिजाे आइतवार
निधन भएकाे छ ।
आफ्नाे क्षेत्रमा राम्राे ख्याति कमाएका राजनीतिक व्यक्तित्व प्रेमबहादुर पोखरेलको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हाे ।
साविक सिद्धेश्वर गाउँपञ्चायतका पूर्वप्रधानपञ्च पोखरेलको कमलामाइ नगरपालिका-४ स्थित आफ्नै निजी निवासमा बिहान ७ बजे निधन भएको खबर पारिवारिक स्राेतबाट प्राप्त भएकाे छ ।
माओवादी जनयुद्धकालमा कारवाही भोग्न बाध्य पोखरेल शान्ति सम्झौतापछि तिनै कारवाही गर्नेहरुको लागि नै भगवानसरह साबित भएका थि ।
मेरा हजुरबुबा जिल्लाबासीका समस्या प्रति खरो रुपमा उत्रनुहुन्थ्यो, त्यसैले सायद अरुकाे अगाडि छुच्चो देखिने उहाँकाे लागि स्वभाविक नै हुन्थ्याे । आँशुले आँखा भिजाउँदै निर्देशक विश्वदीप घिमिरेले प्रतिक्रिया दिनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि एक हप्ता अघि मात्र काठमाडौँमा परीक्षण गराउँदा उहाँकाे फोक्सोमा क्यान्सर देखिएको र त्याे अन्तिम तहमा पुगिसकेको चिकित्सकहरुले जानकारी गराएका थिए । त्यससँगै उहाँलाइ सिन्धुली लगिएको  थियाे ।
तर आफ्नाे हजुरबुबालाई रोगको बारे कुनै जानकारी नै थिएन । जसले गर्दा उहाँकाे सहजै मृत्युवरण भयाे । यसलाइ नै उहाँकाे देवत्व गुण भएकाे बताउँदै निर्देशक घिमिरेले हजुरबुबाकाे चीर शान्तिकाे कामना गर्नुभएकाे छ । हाम्राे सेताेघर अनलाइन मिडिया टीमपनि आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति पैदा हुन सकाेस् भन्ने कामना गर्दछाैं ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij