काठमाडाैं । न्यू कटुवाल ग्रिल उद्याेगले सुरक्षित रुपमा सेनिटाइजिङ गर्न सकिने मेसिन नेपालमा नै उत्पादन गरेकाे छ । साथै बजारमा आएकाे छाेटाे समयमा नै यसकाे राम्राे माग समेत छ ।
खुट्टाकाे दबाबबाट सजिलै चलाउन सकिने याे मेसिन विशेषतः काेराेना जाेखिमलाइ लक्षित गरेर डिजाइन गरिएकाे हाे ।
हातले नै थिचेर सेनिटाइजर प्रयाेग गर्दा त्यसले जाेखिम बढाउन सक्ने तथ्यलाइ विचार गर्दै सुपथ मूल्यमा उक्त मेसिन बजारमा ल्याइएकाे हाे ।
देख्दा आकर्षक, प्रयाेग गर्न सजिलाे, सस्ताे, बलियाे हुनुकाे अलावा स्वेदेशी उत्पादन समेत भएकाेले राम्राे तवरले प्रवर्द्धन हुनसके राेजगारी सृजनामा पनि याेगदान दिन सक्ने कम्पनीकाे विश्वास छ ।
नेपालमा नै बनाइएकाे यस मेसिनले सम्भव हुने अन्य वस्तु समेत नेपालमा नै उत्पादन गर्न अन्य व्यवसायीहरुलाइ पनि प्राेत्साहन मिल्ने विश्वास लिइएकाे छ ।
याे मेसिन ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष समेत रहनुभएका उद्यमी माेहन कटुवालकै सक्रियतामा डिजाइन गरिएकाे हाे ।
महाभुकम्प पिडितहरुलाइ लागत मुल्यमा नै ६ सय परिवारलाइ भुइघर तयार गरि सेवा प्रदान गर्नुभएका कटुवाल बदलिँदाे परिवेश बमाेजिम आवश्यक प्रविधि विकास गर्दै मुलुकलाइ स्वाबलम्बनकेा बाटाेमा अघी बढाउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ । न्यु कटुवाल ग्रील उध्योगका सञ्चालक कटुवाल झण्डै ३ महिना सम्म लामो लकडाउन पश्चात व्यवसाय सञ्चालन गर्दा सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जाेड दिनुहुन्छ ।
साेहीबमाेजिम यस मेसिनकाे प्रयाेगले सहजता ल्याउने विश्वास राख्नुभएकाे छ ।
अन्य मुलुकबाट खुट्टाले चलाउने स्यानिटाइज गर्ने झट्ट देख्दा राम्रो तर कमसल गुणस्तरकाे भएकाे र बजारमा महङ्गाेमा बिक्री भैरहेको अवस्थामा स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उध्योगबाट उत्पादित बस्तुको प्रयोगकोलाई बढावा दिनु नै आफुहरुकाे उद्देश्य रहेकाे बताउनुहुन्छ ।
यस कम्पनीबाट उत्पादित एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उपकरणकाे मुल्य भ्याट बाहेक १५५०/- र साबुन पानिले हात धुन मिल्ने वाटर टेन्की सहितको सामाग्री रु. १५०००/-मा निर्माण गरि उपभोक्ताहरुलाइ उपलबध गराउन थालिएको छ ।
उक्त उध्योगले कलकारखाना सपिङमल , होटल रेस्टुरेन्टमा पार्टिप्यालेस , सरकारी कार्यालय सार्वजनिक स्थल/लगायतका स्थानमा उपलब्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij