हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड बीच हुने भनिएको मर्जर बारे अझै कुनै निर्णय भइसकेको छैन । केही प्राविधिक विषयवस्तुमा कुरा नमिलेको कारण यस विषयले पूर्णता पाउन नसकेको हो ।
विगत केही पहिले नैहिमालयन बैंक लिमिटेडको २० प्रतिशत शेयर कर्पोरेट डेभलपमेन्ट कम्पनी (सिडिसी)ले किन्ने बारेमा सल्लाह एवं छलफल भएको थियो । उक्त कम्पनीले हिमालयन बैंकको शेयर किन्नुको अलावा बैंकलाई थप कर्जा उपलब्ध गराउने भन्ने बारे भएको छलफल अन्तिम चरणमा पुगेको बेला कोरोना भाइरसले सृजना गरेको लकडाउनसँगै अहिले उक्त प्रस्ताव बारे थप छलफल भएको छैन । उक्त कम्पनी यस प्रस्तावलाई अघी बढाउन तत्काल तयार नदेखिएसँगै हिमालयन बैंकले मर्जरको नयाँ योजनामा समेत अध्ययन शुरु गर्यो ।
हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड बीच हुने भनिएको मर्जर त्यही विकल्प हो । जुन थप अध्ययन र छलफल पश्चात् मात्र मूर्त बन्न सक्नेछ । तत्काल यस बारेमा कुनै निर्णय भने भइसकेको छैन ।
हिमालयन बैंकका संरक्षक हिमालय शमशेर राणाले भन्नुभयो, ‘हामीले शेयर किनबेच बारे सिडिसीसँगको छलफल बारे कुरा गर्दा वर्तमान अर्थमन्त्री र तत्कालिन गभर्नर सकारात्मक हुनुहुन्थ्यो । तर पछिल्लो अवस्थामा भने छलफल भएको छैन । अहिलेको अवस्थामा सिडिसिले शेयर किन्न तयार हुने हो वा होइन, त्यही निक्र्यौलसँगै हामीले मर्जर बारे छलफल अघी बढाउनेछौं ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij