लामो समयको लकडाउनले आर्थिक उपार्जनका कामहरु बन्द भएको र कतिपय औषधीउपचारबाट समेत वञ्चित भएको लकडाउनको अवस्थामा एलिस अर्गानिक फुड एण्ड रेष्टुरेन्टले थुप्रै नेपालीहरुलाई नयाँ जीवन प्रदान गर्यो ।
यस संस्थाको अग्रसरतामा सबैभन्दा बढी लाभान्वित हुनेमा हुम्ली जनताहरु छन् । काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायत विभिन्न ठाउँमा रहेका अप्ठ्यारोमा परेका नेपालीहरुलाई यस संस्थाले आश्रय दियो । बाटोमा अलपत्र परेकाहरुलाई सडक एवं हवाईमार्गको प्रयोग गरी घर जाने व्यवस्था मिलाइदियो । खाना नहुनेहरुलाई खानाको लागि दाल, चामल उपलब्ध गरायो । उपचार नपाएकाहरुलाई औषधीको बन्दोबस्त मिलाइदियो । एलिस अर्गानिककै हुम्लाका सक्रिय व्यक्तिहरुको संलग्नतामा सञ्चालित क्विक रेस्पोन्स टिमले सयौं नेपालीहरुलाई ठूलो उद्दार गर्यो । अप्ठ्यारोमा परेको बेला आफूहरुले पाएको सेवा सेवाग्राहीहरुले कहिल्यै भुल्न सक्ने छैनन् । एलिस अर्गानिकले आफूले उपलब्ध गराउने सेवा हुम्लाका जनताहरुमा मात्र सीमित राखेको छैन । यसले हुम्ला लगायत नेपालका एक दर्जन भन्दा बढी जिल्लाका नागरिकलाई सक्दो सहयोग उपलब्ध गराएको छ ।
निरन्तर सेवामा समर्पित रहँदै आएको यस संस्थाले अहिले सम्म आइपुग्दा विभिन्न कार्यको लागि ५१ लख ७० हजार बढी रकमो राहत वितरण गरिसकेको छ । अहिलेसम्म आइपुग्दा एलिसले खाद्यान्न, औषधी उपचार सहयोग, कोठाभाडा र गाडी भाडामा गरी २५ लाख ८० हजार बराबरको राहत सहयोग गरेको छ । यसैगरी हुम्ला बाहिरका नागरिकलाई ९ लाख ८१ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।
यो सहयोग काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, सोलुखुम्बु, भोजपुर, सिराहा, सप्तरी, रामेछाप लगायतका जिल्लामा गरी उपलब्ध गराइएको हो । एलिस अर्गानिकको सहयोग पाउनेहरुमा नेपालीहरु मात्र नभई छिमेकी मुलुक भारतका नागरिक समेत छन् । लामाले कामको खोजीमा काठमाडौंको तिनचुलीमा बस्दै आएका ६१ जना भारतीय नागरिकलाई समते उक्त सहयोग भएको छ । लकडाउनले कतै काम गर्न नपाएका उनीहरुलाई खाद्यान्न र औषधी उपचारका लागि एलिसले सहयोग गरेको र घर फर्किन चाहने केही व्यक्तिलाई भाडा समेत उपलब्ध गराइएको थियो ।
घर जान नपाएका १७५ जनालाई काठमाडौंबाट हुम्लाको सिमकोट पठाउने काममा अग्रसरता लिई त्यो काममा सफलता समेत एलिस समूहले प्राप्त गरेको छ । यस बीचमा एलिसले ६७ जनालाई आंशिक तथा पूर्ण हवाई भाडामा सहयोग गरेको छ । बाँकी १०८ जनालाई प्रतिव्यक्ती ट्याक्सी भाडा स्वरुप सम्बन्धित व्यक्तीको हवाई टिकटमा ५०० सय आर्थिक सहयोग गरेको सञ्चालक लामाले जानकारी दिए । उनका अनुसार हवाई भाडाको सहुलियतमा ८ लाख ४ हजार रकम सहयोग गरेको छ । यसैगरी यस संस्थाबाट ७ लाख २१ हजारको मोवाइल कोष समेत स्थापना गरेको छ । विभिन्न समयमा आउन सक्ने कोरोना भाइरस जस्ता महामारीलाई मध्यनजर गरेर उक्त कोष स्थापना गरिएको हो । उक्त कोषको रकम अहिले विभिन्न व्यक्तिले फिर्ता गर्ने शर्तमा पनि लिन सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौं उपत्यकामा अप्ठ्यारोमा रहेका हुम्ला लगायत अन्य क्षेत्रका नागरिकलाई सम्पर्कमा ल्याई उनीहरुलाई घरघरमै सेवा उपलब्ध गराउन पाउँदा आफूहरुलाई खुसी महसुस भएको एलिस अर्गानिकका सञ्चालक छिरिङ लामाले सेतोघर डट कमलाई बताउनुभयो । खाना, स्वास्थ्य उपचार र सुरक्षाबाट कोही विमुख हुन नपरोस् भन्ने मान्यताले यस्ता कार्यहरुमा निरन्तर लागिरहने व्यक्ति हुनुहुन्छ एलिस अर्गानिक फुडका सञ्चालक छिरिङ लामा । युवा उद्यमीको पहिचान बनाउनुभएका लामाको यस किसिमको सामाजिक सेवाको चासो, सक्रियता, सहयोग र समन्वयले व्यवसायीहरु नाफाको भावनाले मात्रै सञ्चालन हुँदा रहेनछन् । मुलुकको आवश्यकता र अप्ठ्यारोमा जस्तोसुकै साथ दिन पनि तयार हुँदा रहेछन् भन्ने सोच्न समग्र जनता तथा राज्य पक्षलाई समेत बाध्य गराएको छ ।
छिरिङको मुख्य योजना र आर्थिक सहयोगमा सञ्चालित राहत वितरण एवं उद्दार कार्यमा राजनीतिक दलका नेताहरुको सहयोग पनि महत्वपूर्ण रह्यो । खासगरी नेताहरु छिमिदोर्जे लामा, राणसिंह परियार, पुर्वमन्त्री जीवनबहादुर शाही, छवि थापा, राज रोकाया, कमल छन्त्याल, गणेश विक लगायतका थुप्रै व्यक्तिहरुको आफ्नो योजनामा सहयोग प्राप्त भएकै कारण आफूहरुले अग्रसरता लिएको उक्त कार्यक्रम सफल रुपमा सम्म हुन सकेको युवा उद्यमी एवं एलिस अर्गानिक फुडका सञ्चालक छिरिङ लामाले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij