बुटवल । बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् ।
६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।
घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij