२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ ०२ गते मंगलबारको राशिफल

आज आषाढ ०२ गते मंगलबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा प्रथम स्थानमा रहेकाे छ । आजकाे दिन आत्मबिश्वासमा वृद्धि हुनेछ । आजको दिन राम्रो सोच बिचार आउने छ । आज गरेका काम सफल हुनेछन्।आज आयमा वृद्धि हुनेछ। विद्यार्थीको लागि आजको दिन राम्रो छ। स्वास्थ्य राम्रो हुनेछ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा दोस्रो स्थानमा रहेको छ। आजको दिन खर्चमा वृद्धि हुनेछ।आजको दिन अपेक्षा गरेभन्दा ज्यादा खर्च हुदा मन केही खिन्न हुनेछ। आजको दिन कुनै धार्मीक कार्य हुनेछ वा कही सामेल होइन्छ ।आजको दिन व्यपार मध्यम हुनेछ । बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ।माता सरस्वतीको स्मरण गर्नुहोस् अवस्य सफलता मिल्नेछ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन तेस्रो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन राम्रो रहेको छ।आज हजुरको धेरै प्रकारको इच्छा पुर्ति हुनेछ। आज माता पिता र दाजुको सहयोग मिल्नेछ। आज मानसम्मान मिल्नेछ।र्बिद्यार्थीकाे लागि आज राम्रो छ। स्वास्थ्य स्थिति राम्रो छ।आज अचानक धन लाभको योग बनेको छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस् । आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा चौथो स्थानमा रहेको छ। आज रोकिएका फसेका कामहरू बन्नेछन्। आज मानसम्मानमा वृद्धि हुनेछ।आज पिता वा सो सरहको ब्यक्तिको सहयोग मिल्नेछ।आज ब्यक्तित्वमा सकारात्मक बदलाब आउने छ। व्यापारमा राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ। सामाजिक सञ्जालमा कम समय मात्र बिताउनु होला।रिसमा नियन्त्रण राख्नुहोला।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन पाचौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन आध्यात्मिक दृष्टिकोणले सफल रहने छ।आज आफुभन्दा ठुलाको आशिर्वाद प्राप्त हुनेछ।आज धार्मिक यात्राको योग पनि बनेको छ।आज मधुर बाणिको प्रभावले काम सफल हुनेछ।स्वास्थ्य राम्रो रहेको छव्यापारमा लाभ हुनेछ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन छैटौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन उन्नतिदायक रहेको छ।आज हिम्मत र पराक्रम बढ्नेछ।दैनिकी राम्ररी चल्नेछ। आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाेलागि आजको दिन राम्रो छ,कम मेहनतमा नै राम्रो प्रतिफल प्राप्त हुनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सातौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन प्रसन्नताले भर्पुण रहनेछ।आज सबै संग रम्रो सम्बन्ध हुनेछ।आज कार्यक्षेत्रमा सफलता मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो दिन छ ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा आठौं स्थानमा रहेको छ। आजको दिन ब्यक्तित्वमा निखार आउने छ। आज रिसमा नियन्त्रण गर्नु होला।सवारीसाधन चलाउदा बिशेष सावधानी अपनाउनु होला।आज व्यापारमा सामान्य हुनेछ । बिद्यार्थीकाे लागि सामान्य रहेको छ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा नवौं स्थानमा रहेकाे छ । आजक‍ो दिन आध्यात्मिक हिसाबले सफल रहनेछ । सम्मान पनि मिल्नेछ। आज काम बन्नेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेको छ। आजको दिन धेरै राम्रो रहेको छ।मान प्रतिष्ठा प्राप्त हुनेछ । भावि योजना बन्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउने छ।आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ । व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेका छन्। आज पारिवारिक सम्बन्ध राम्रो हुनेछ। आज शुभ यात्राको योग छ। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ।व्यापार राम्रो हुनेछ।स्वास्थ्य स्थिति राम्रो रहनेछ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेका छन्। आजको दिन उत्तम रहेको छ ।परिवार र सहकर्मीको सहयोग मिल्नेछ । धार्मिक तथा मांगलिक कार्य हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ।बिद्यार्थीको लागि मध्यम रहेको छ। यात्राको योग छ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

माथि जे-जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।

सद्मार्ग र सदाचार जीवन जीउने आधार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij