काठमाडाैं । निजी प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय सरकारले गरेको छ।
सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार निजीमा गरिएको परीक्षणको शुल्क भने सरकारले व्यहोर्नेछ।
त्यसैगरी सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णयसमेत सरकारले गरेको छ।
विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भई आएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था भएको प्रवक्ता गौतमले जानकारी दिए।
सःशुल्क परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी तीन अस्पताल तोकिएका छन्। पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij