काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिलो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।
थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताएका छन् । उनका अनुसार १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले बताए ।
शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो । त्यस क्रममा १० जना पुरिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij