२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विकास कार्यमा सांसद श्रेष्ठकाे सक्रियता बढ्दाे

विकास कार्यमा सांसद श्रेष्ठकाे सक्रियता बढ्दाे

प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठले काठमाडाैं क्षेत्र नं. ८ अन्तरगत
सञ्चालित विभिन्न विकास कार्यहरुकाे निरीक्षण गर्नुभएकाे छ ।
जस अन्तरगत कामपा वडा नं‌ १५ मा निर्माण कार्य प्रारम्भ भएको जगतसुन्दर बोनेकुठि अगाडिबाट झोलुङ्गेपुल जाने मुख्य सडकमा निर्माण कार्य अघी बढेकाे आकाशे पुल, चमती Q ब्लक र अर्को एउटा पार्कमा निर्माण भईरहेको परम्परागत शैलीको ज्येष्ठ दिवा विश्राम भवन निरीक्षण गर्नुभएकाे छ ।
यसैगरी उहाँले  श्रीकृष्ण कुन्जको भवनमा तल्ला थप, विजेश्वरी स्थित चमती पार्क निर्माण कार्य, कामपा वडा १९ मा ईनात्वा क्लब भवनकाे निर्माण कार्य लगायतकाे समेत निरीक्षण गर्नुभएकाे छ ।
उक्त निरीक्षणकाे क्रममा माननीय जीवनराम श्रेष्ठले स्थानीय जनताको सक्रियतामा भईरहेको विकास कार्यको प्रशंसनीय भएकाे चर्चा  गर्नुभयो ।
माननीय जीवनराम श्रेष्ठकाे प्रशंशाले स्थानीयहरु खुसी हुँदी आफुहरुलाइ थप उर्जना मिलेकाे बताएका छन् ।
माननीय श्रेष्ठ कामपामा हुने विकास कार्यको गुणस्तरमा कुनै किसिमकाे सम्झौता गर्न नहुनेमा निरन्तर अडान राख्दै आइरहनुभएकाे छ ।
साेहीबमाेजिम निर्माण कार्यमा संलग्न सबै जनसमुदाय र निर्माण कम्पनीहरुलाई निर्देशन दिँदै सबै पक्षकाे सक्रियतामा नै उपलब्धिमूलक काम सम्पन्न हुन सकेकाेमा धन्यवाद समेत दिनुभएकाे छ।
साथै आ‍‍‍‌.व. २०७७/७८ को बजेटबाट यस बर्षको अपुर्ण रहेका विकास याेजनाहरुलाइ पूरा गर्दै लैजाने प्रतिबद्दता समेत गर्नुभएकेा छ ।
साथै  नयाँ योजना जनताको माग र आवश्यकता अनुसार नै छनौट गर्ने समेत उहाँले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij