प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा र कामनपा १५ नम्बर वडा अध्यक्ष एवं कामपा प्रवक्ता ईश्वरमान डंगाेलको अध्यक्षतामा कामपा १५ वडामा लकडाउनबाट लुजडाउन हुने अवस्थामा कोभिड १९ को संम्भाबित संक्रमणलाई ध्यानमा राखी रोगबाट सुरक्षित राख्न सुरक्षा सम्बन्धि विभिन्न निकायकाहरुसंग बैठक सम्पन्न भयो ।
प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले कोभिड १९ बाट बचाउन र नियन्त्रण गर्न कामपा १५ वडाले विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्यहरु गर्नुभएकोमा उक्त कार्यमा संलग्न हुने सम्पुर्ण सहयोगी, दाता , वडा सदस्यहरु, वडा अध्यक्षलाई धन्यवाद ज्ञापन गर्नुभएकाे छ ।
लुजडाउनबाट उत्पन्न हुन सक्ने कोरोना भाइरसको सम्भावित संक्रमणको अवस्थाबाट जनतालाई सुरक्षित राख्न र सम्भावित सामाजिक समस्यालाई समेत ध्यान दिई वडालाई सुरक्षित राख्न सुरक्षा निकाय र वडा कार्यालय थप सक्रिय भएर लाग्न आवश्यक भएको बारे समेत उहाँले ध्यानाकर्षण गर्नुभएकाे छ।
१५ नम्बर वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेलले कोभिड १९ को संक्रमणबाट बचाउन वडाले गरेका कामहरूको चर्चा गर्दै क्वारेन्टाइन ब्यवस्थापनमा केन्द्रिय सरकारबाट सहयोग नभए सम्म चुनौतीपुर्ण रहेको हुँदा र क्वारेन्टाइन व्यवस्थापन गर्न आवश्यक पर्ने कार्यमा सहजीकरण गर्न महानगरपालिकाबाट सरकारसँग अनुरोध गरेको बताउनुभयो।
हाल चोरीको घटना बढ्न थालेको र यस्तो घट्ना बढ्ने सम्भावना थप बढ्न सक्नेमा सतर्क गराउँदै उहाँले यसकाे नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्नुपर्ने र सुरक्षा निकाय सतर्क भइ लाग्नु पर्ने बताउनुभयाे ।
उक्त बैठकमा वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, अनिता परियार, नेपाली सेना रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति कर्णेल राजेश शाही,नेपाल प्रहरी महानगरीय प्रहरी बृत्त, स्वयम्भुका नायब उपरीक्षक निरञ्जन दत्त भट्ट र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुमनजङ्ग थापा उपस्थिति रहेको थियोे र बैठक संचालन समुदाय प्रहरी साझेदारी कामपा १५वडा सदस्य राजा शाक्यले गरेको थियोे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij