२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जातीय विभेद र पूर्वीय दर्शन

जातीय विभेद र पूर्वीय दर्शन

ज्याेतिष पण्डित बिष्णु प्रसाद खनाल

मानिस सृष्टिको सर्वश्रेष्ठ प्राणी हाे । आदर्शकाे पुञ्ज हाे र प्रकृतिको सुन्दर उपहार हाे। संसारका सम्पूर्ण प्राणीहरु जस्तै उ पनि प्रकृति जगतबाट अनुपाणित भएको हुन्छ ।
मानव सभ्यता सँगसँगै आएकाे पूर्विय दर्शन र वेद पनि प्रकृति प्रदत्त अपैरुष्य भगवानकाे वाणी हाे । भगवानकाे दरबारमा काेही पनि सानाे ठूलो हुँदैन । हाे, कार्यकाे विभाजनले झट्ट हेर्दा वर्ण र वर्गकाे केही विभाजन देखिन्छ त्याे सतही हाे यथार्थ हाेइन । गहिरिएर हेर्ने हाे भने वैदिक सनातन धर्म नै त्यस्तो सम्प्रदाय हाेऽ जसले अनेकतामा एकता स्थापित गरेको छ ।

माथिकाे भनाइलाई यस उक्तिले सहजै पुष्टि गर्दछ।
धृतिःक्षमा दमो‍‍‌‌‍अस्तेयं सौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधाे दशकं धर्म लक्षणं-मनु ।।
धैर्य गर्नु,  क्षमा गर्नु, संयम रहनु, इन्द्रिय नियन्त्रण गर्नु, चोरी नगर्नु, पवित्र रहनु, सुझबुझ राख्नु, विद्या हासिल गर्नु, साँचाे व्यवहार गर्नु, क्रोध नगर्नु यी दशवटा धर्मका लक्षण हुन्। यी यस्ता शाश्वत आचार विचारका आदर्श हुन्, जो कुनै जातजाति, वर्ग, क्षेत्र रीतिसंस्कृतिको घेरामा नरही सर्वत्र सर्वदा ग्राह्य छन् ।
आकाश, वायु, अग्नि, जल, पृथ्वी, ग्रह, नक्षत्र, प्राणी, दिशा, वृक्ष-वनस्पति नदी समुन्द्र यी सबै भगवानका शरीर हुन्। यी सबैमा भगवान हुनुहुन्छ।(श्रीमद्भागवत ११/२/४१) कसैलाई पनि अपमान, घृणातिरस्कार गर्नुहुँदैन।यही भाव राख्न भगवान कपिलदेव माता देवहुतिलाइ भन्नुहुन्छ- म आत्मा रुपबाट सदा सबै प्राणीमा छु। त्यसैले म सर्वभूत स्थित परमात्मालाई अनादर गरेर केवल प्रतिमामा मात्र पूजा गर्दछ त्यो पूजा उसको देखावटीपन मात्र हो ।
अरु जीवलाई अपमान गर्ने तर मेरो प्रतिमामा विविध विशिष्ट सामाग्रीबाट विधिविधानलेे पूजन गर्दा म प्रसन्न हुन्न । (श्रीमद्भागवत ३/२९/२१,२३)
ज्ञानीहरु विद्या र विनययुक्त ब्राह्मणमा (ब्रह्म कर्म गर्ने जाे काेही) गौ, हात्ती, कुकुर, चाण्डालमा, समदर्शी भाव राख्तछन् भनिएको छ। (भ.गीता ५।१८)

जीवनचर्यामा मानिसले सदा सदाचार्यता पालना गर्नुपर्दछ, जुन कुरा आफुलाइ राम्रो लाग्दैन, अरुप्रति पनि त्यस्तो व्यवहार गर्नुहुँदैन।
(कुर्मपुराण १६/५३)

समय निरन्तर गतिशील छ । बिहानी अर्थात प्रारम्भिक समयकाे उचित उपयाेग गरेपछि अरु मिलाउन सजिलो हुन्छ भन्ने एउटा महत्त्वपूर्ण सन्देश दिएकाे छ। (ऋगबेद१.४८.३)

समयलाई उचित उपयोग गर्ने मानिस नै सुखि हुन्छ भन्ने भाव यसमा दर्शाइएकाे छ। १/४८/९

कुनै काल खण्डमा कामका आधारमा राखिएको नामलाई लिएर तल माथीको व्यवहार गर्नु कति सम्म न्यायाेचित होला ।

पराइ शिक्षा र पराइका काँधमा चढेको राज्य ब्यबस्थाले हाम्राे आत्माअनुकुल व्यवहार गर्न सक्दैन। त्यसैले हामी आफैं उठ्नुपर्ने हुन्छ ।
जसरी अहिले मानिस डाक्टरको छेउमा जान डराउँछ र डाक्टरले पनि आफ्नो सुरक्षामा धेरै ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै पहिला गुरुपुराेहित र शास्त्र शासित ब्यबस्था थियोे । सुख भोग ज्यादा हुँदा नियम पनि ज्यादा थिए गुरु पुरोहितमा तर अरुले केही कम गर्दा पनि भगवानकाे काख पाउने हुँदा पर्दैन भनियो । (बिष्णुपुराण ६/२/६-८)

समय बित्दै जाँदा पर्दैनलाई पाइंदैन बनाइयो । हिन्दु धर्मले सबैलाई अधिकार दिएको छ। भगवानको काखमा बस्न जसकाे ज्वलन्त उदाहरण हामी दिन सक्छौं ।

समाजले नीच भनिएका वर्णमा जन्मिएर पनि नाम रोसन गरेका छन् जस्त‌ै विदुर, कबीर, रैदास, सदन, कसाई, धर्मव्याधादि अनेक महापुरुष जीवनमुक्त तत्त्वज्ञ भागवतप्रेमी मानिन्छ ।
गार्गी, देवहूति, शवरी, कुन्ती, बज्रगोपि, मीरा आदि स्त्री जातिका थिए।समाधि, तुलाधर आदि वैश्य थिए । विदुर, सञ्जय, निषादराज, गुह आदि शुद्र थिए । प्रह्लाद, विभीषण आदि असुर तथा वृत्तासुर आदि राक्षस थिए।गजेन्द्र, जटायु, कपोत-कपोती आदि पशु-पक्षी थिए।
यसरी हेर्दा हाम्रो धर्मले सबैको उच्च आदर गरेको छ।

स्मरण हाेस् जयप्रकाश मल्लकाे समय भन्दा अघि देखि नै हाम्रो धर्म
संस्कृति माथि प्रहार भएको छ।
अरु दर्शन अनुसार धर्तीलाई ड्रागनका रुपमा चित्रित गरिएकाे छ, त्यसलाई नियन्त्रण गर भनिएको छ तर हिन्दू दर्शनले विश्व ब्रह्माण्डमा रहेका सबै जीवजन्तु ब्रह्मका विविध स्वरुप हुन्, तिनलाई मित्रवत हेर्नुपर्छ भनेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij