काठमाडौँ – लकडाउन बीच कर तिर्न सूचना जारी गरेपछि व्यापक दबाबमा परेकाे सरकार करकाे म्याद थप गर्न बाध्य भएकाे छ ।
लकडाउन अवधिमै जेठ २५ गतेभित्र आयकर, भ्याट लगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले उक्त निर्णयकाे व्यापक विरोध जनाएका थिए।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीसँग छलफल गरेपछि सरकारले कर तिर्ने समय थपेको हो।
विपक्षी दल कांग्रेसले समेत सरकारको निर्देशनको अवज्ञा गर्न आह्वान गरेपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij