ज्येष्ठ शुक्ल दशमीका दिनलाइ गंगा दशहरा पर्वकाे रुपमा मनाउने गरिन्छ । हिन्दु धार्मिक ग्रन्थलाई साक्षी मान्दा यसैदिन गंगा माता पृथ्वीमा आइपुग्नु भएकाे थियो ।
जुन दिन हस्ता नक्षत्र रहेको थियो । ज्येष्ठ शुक्ल दशमीलाइ संवत्सरकाे मुख भनेर पनि मान्ने गरिएको छ । यस दिन गंगा नदीमा स्नान, दान एवं उपवासकाे बिशेष महत्त्व छ ।
ब्रह्मपुराणका अनुसार हस्ता नक्षत्रले युक्त ज्येष्ठ शुक्ल दशमीले दस प्रकारकाे पापकाे हरण गर्ने भएकोले दशहरा भनिएको हाे । यी दस पाप हुन्ः-तीन कायिक: बिना अनुमति अरुको बस्तु लिनु
हिंसा ३,परस्त्रीगमन गर्नु;चार वाचिक४,कटु वचन बाेल्नु ५,झुट बाेल्नु,६पीठ पछाडि कुरा काट्नु वा कुरा लगाउनु, ७,प्रयाेजनहिन कुरा गर्नु तथा तीन मानसिक ८. अरुकाे बस्तु अन्यायपुर्ण ढंगले लिने बिचार गर्नु ९,अरुकाे अनिष्ट हाेस् भनी चिन्तन गर्नु १० नास्तिक बुद्धि राख्नु ।
स्कन्दपुराणमा भनिएको छ कि
ज्येष्ठे मासे सिते पक्षे बुधहस्तयाे:।
ब्यातीपाते गरानन्दे बृषे रवौ।
दशयाेगे नरः स्नानात्वा सर्वपापौःप्रमुच्यते।।
अर्थात् ज्येष्ठ शुक्ल दशमीमा बुधबार हाेस्,हस्ता नक्षत्र हाेस् व्यतिपात याेग हाेस,गर करण हाेस्, आनन्दादीमा आनन्द याेग हाेस् सूर्य वृषभ राशिमा हाेस तथा चन्द्रमा कन्या राशिमा हाेस यस्तो याेग महाफलदायक हुन्छ । व्यक्तिको सबै पाप समाप्त हुन्छ ।यश दिन साधकले गंगाजी अथवा नजिकैको कुनै पवित्र नदि अथवा सराेवरमा स्नान गर्नुपर्छ।
त्यसपछि गंगाजीकाे पूजा गर्नुपर्छ र अन्तयमा निम्नलिखित मंत्रकाे यथासम्भव जप गर्ने
ॐ नमः शिवाय नारायण्यै दशहरायै गंगायै नमः।।
त्यसपछि गंगाजीलाइ पाच चाेटी पुष्पांजलि अर्पण गर्ने ।गंगाजीलाइ पृथ्वीमा अवतरित गराउने भगिरथ राजा तथा हिमालयकाे पुजा गर्नुपर्छ । अन्त्यमा सक्दाे दान पुण्य गर्नुपर्छ ।