काठमाडौं – कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धसँगै लाखौँ नेपाली विदेशमा अलपत्र भएर बसेका छन्।
लकडाउन सुरु भएपछि प्राय हरेक दिन विभिन्न देशले नेपालबाट आफ्ना नागरिक फिर्ता गरिरहँदा विदेशमा रहेका नेपालीहरु भने आफु फिर्ता हुने कुनै संकेत पाएनन्। बरु भारतीय सिमामा आएर नेपाली रोकिएका समाचारहरुले उनिहरुमा थप निराशा बढायो।
लकडाउनको दुई महिनाभन्दा बढी समय भइसकेपछि बल्ल सरकारले विदेशमा अलपत्र परेका नेपालीहरु उद्धार गर्ने निर्णय गरेको छ। यसका लागि त्रिभुवन विमानस्थलदेखि तयारीहरु सुरु भएको छ।
हजारौँ नेपालीहरुलाई ल्याउँदा त्रिभुवन विमानस्थलमा उनिहरुलाई कसरी व्यवस्थापन गर्ने, क्वारेन्टिन गर्ने र सम्बन्धित गाउँपालिकासम्म पुर्याउने भन्नेमा सरकार तयारी गरिरहेको छ। त्रिभुवन विमानस्थलमा सामाजिक दुरी कायम गर्ने र कोरोना संक्रमण फैलन नदिने हिसाबले व्यवस्थापनका कामहरु भइरहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij