२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सामाजिक स‌ंस्था र लायन्स क्लबकाे मेराे यात्रा

सामाजिक स‌ंस्था र लायन्स क्लबकाे मेराे यात्रा

अशोक श्रेष्ठ, अध्यक्ष, नेपाल लायन्स फाउन्डेसन

म सानो छँदा देखि नै  मेरा साथीहरुको बीचमा सबैको चासोको विषय थिएँ । मैले स्कुल पढ्दाको समयमा मलाई गीत गाउन पनि आउँदैनथ्यो, नाच्न पनि आउँदैनथ्यो । तैपनि मैले मेरा साथीहरुलाई यसो गर, उसो गर भनेर म आफू चाहिँ नेता जस्तो भएर हिँड्ने गर्थें । पढाईमा भने म कहिले प्रथम त कहिले दोस्रो हुन्थेँ । कुनै साथीलाइ घर  पुग्न ढिलो भयो भने उनका घरमा अभिभावकले गालि गर्दा अशोकको घर गएर आएको भनेपछि छुट पाउँथे ।

मेरो स्कुलमा पुस्तकालय नै थिएन, त्यही बेला मैले विद्यालयका प्रधानाध्यापकसँग अनुरोध गरेर मेरै पहलमा त्यहाँ पुस्तकालय सञ्चालनकाे व्यवस्था गरेको थिएँ, जुन बेला म कक्षा ८ मा अध्ययन गर्थें ।

समाजसेवा र नेतृत्वको शोख मलाई सानै देखि थियो । म कक्षा ७ मा पढ्ने बेला विद्यालयमा स्काउट सञ्चालन भएको थियो । त्यहाँ ग्रुप हुन्थ्यो । त्यसलाई पेट्राेल भनिन्थ्यो । म चाहिँ हात्ति पेट्राेलको ग्रुप लिडर थिएँ । साथीहरुलाई लिएर सामाजिक काममा हिँड्न मैले त्यति बेला देखि नै शुरु गरेको हुँ । जुन काममा मलाइ रमाइलाे समेत लाग्थ्याे । पछि विद्यालयमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनीहरुलाई साथमा लिएर नै हिँड्ने थालेँ ।

क्याम्पस अध्ययन गर्दा पनि मैले साथीहरूको बीचमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिएँ । मेरो बुबा पेशाले ब्यापारी हुनुहुन्थ्यो । अध्ययन पश्चात् म पनि मेराे बुबाले शुरु गर्नुभएको काम अर्थात व्यापार तिर नैँ लागेँ ।

मेरो मनमा चाहिँ पहिलेदेखि नै उद्याेग खाेल्नुपर्छ, अरु व्यक्तिलाइ पनि जति सकिन्छ धेरै सङ्ख्यामा राेजगारी दिनुपर्छ भन्ने थियाे । सानाे हाेस् या ठूलाे उद्याेग नै गराै‌ं भनेर मैले बुबा र दाइसँग कुरा गरिरहन्थेँ ।

त्यही साेचले मैले दमौलीमा एउटा पशुपन्छी दाना उत्पादन गर्ने  दाना उद्योग स्थापना गरेर आफ्नाे चाहना पुरा गरेँ । व्यवसायमा हाेमिइसकेपछि वि‍.सं २०५४ सालमा मैले उद्योगी व्यापारीहरूलाइ संगठित गर्नुपर्ने आवश्यकता महसुस गरेँ । साेही बमाेजिम मेरै नेतृत्वमा जिल्ला भरीक उद्याेगी व्यवसायीहरूकाे साझा संस्था तनहुँ उद्योग वाणिज्य सङ्घको  म आफु नै अध्यक्ष भएर तनहुँ जिल्ला भरिका उद्योगी तथा व्यवसायीहरूको नेतृत्व एवं व्यावसायिक सुधारकाे लागि संगठनात्मक रूपमा कामहरू अघी बढाएँ ।

जिल्लाको  नेतृत्वपछि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर नेतृत्व गर्ने अवसर पनि मलाई प्राप्त भयो र दुई वर्ष अर्थात २०५६ देखि २०५८ सम्म मैले पश्चिमाञ्चल क्षेत्र अन्तर्गत १६ जिल्लाका १९ ओटा जिल्ला तथा नगर उद्योग सङ्घको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ ।

यसै क्रममा उद्याेग वाणिज्य संघकाे जिल्ला तथा क्षेत्रीय नेतृत्वबाट मलाइ केन्द्रीय नेतृत्वमा नै आउने रहर पलायाे । त्यही समयमा हुन लागेकाे नेपाल उद्योग वाणिज्य महासंघकाे केन्द्रीय चुनावमा केन्द्रीय सदस्यकाे लागि मैले पनि उम्मेदवारी दिएँ । तर भाग्यकाे खेल भन्नु उपयुक्त हाेला, उक्त चुनावी प्रतिष्पर्धामा म जम्मा एक भाेटले मात्र पराजित हुन पुगेँ । यसबाट मलाइ नेपाल उद्याेग वाणिज्य महासंघमा केन्द्रीय सदस्य हुने मेराे अवसर टुट्न गयाे । यद्यपि विभिन्न समितिहरूमा रही महासंघ अन्तरगत काम गर्ने अवसर भने मलाइ प्राप्त भयाे ।

म विसं २०४५ देखि लायन्स क्लब अफ तनहुँकाे सदस्य भएर लायन्स अन्तर्राष्ट्रिय जस्ताे संस्थामा सामेल भएकाे थिएँ । मेराे एउटा दृढ साेचाइ भनेकाे म एकचाेटी डिष्ट्रिक्ट गभर्नर भएर त्यस संस्थाकाे नेतृत्वदायी भूमिका निर्वाह गरिछाड्नुपर्छ भन्ने दृढ अठाेट थियाे ।

साेहीअनुसार लायन्स क्लब इन्टरनेशनलकाे डिष्ट्रिक्ट ३२५ बी १ नेपालकाे डिष्ट्रिक्ट गभर्नर भएर सेवा गर्ने मेराे अठाेट पनि पूरा प्राप्त भयाे । मैलै आफ्नाे कार्यकालमा एउटा नारा लिएर आएकाे थिएँ । लिभिङ वाइ गिभिङ (दिएर बाँच्ने) ।

साेही नारा बमाेजिम मैले साथीहरूलाइ माेटिभेट गरेर विशेषत अपाङ्गताकाे क्षेत्रमा अपाङ्गता हाम्राे आत्मियता भन्ने कुरालाइ हृदयङ्गम गरी ह्वील चेयर, ह्वाइट स्टिक र हियरिङ एड लगायतका सामानहरु सम्बन्धित व्यक्तिहरूलाइ बर्षैभरी वितरण गर्दै निरन्तर एक बर्ष सेवा गरेर बिताएँ । यसले मलाइ असाध्यै आनन्दकाे अनुभव भयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij