२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरीका विश्व स्वास्थ्य संगठनबाट बाहिरीने ट्रम्पको घोषणा

अमेरीका विश्व स्वास्थ्य संगठनबाट बाहिरीने ट्रम्पको घोषणा

एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सगँको सम्बन्ध अन्त्य गर्न गईरहेको घोषणा गरेका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै कोरोना भाईरसको संक्रमण फैलनबाट रोक्न डब्लुएओ असफल रहेको भन्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यस अघि नै ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको भन्दै सहयोग रोक्ने घोषणा गरेका थिए ।

उनले ३० दिन भित्र सुधार नभए स्थायी रुपले सहयोग रोक्ने ट्रम्पले चेतावनी दिएका थिए ।
विश्व स्वास्थ्य संगठनलाई दिईँदै आएको अनुदान अब बिस्वव्यापी सार्वजनिक स्वास्थ्यका लागि खर्च गर्ने भन्दै ट्रम्पले चीनको नियन्त्रणमा डब्लुएचओ गएको पनि जिकिर गरेका छन् ।

डब्लुएचओका प्रमुद डा. टेड्रोस एदनाम गेब्रिसियसले यस आलोचनाको खण्डन गर्दै आएका छन् ।
ट्रम्पले अमेरीका फष्टको नीति भन्दै यस अघि सयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरीकालाई अलग गरेका थिए भने त्यस पछि सयुक्त राष्ट्रसंघीय सांस्कृति एजेन्सी युनेस्कोबाट अलग गरेका थिए ।

त्य पछि पुनः जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताबाट पनि अमेरीकालाई अलग्याएका ट्रम्पले ईरानसगँ प्रमुख शक्ति राष्ट्रले गरेको परमाणु सन्धिबाट पनि आफूलाई अलग गरेर थप प्रतिवन्ध लगाएका थिए ।

ट्रम्पले एक पछि अर्को वैश्विक संस्थाहरुबाट आफूलाई अलग गर्दै केवल पैसाको मात्र राजनीति गर्न खोजेको भन्दै आलोचना हुँदै आएको छ । यसले अमेरीकाको अन्तराष्ट्रिय शक्ति र नेतृत्वको रुपमा देखिने भूमिका कमजोर हुदै गएको अनुमान पनि विज्ञहरुले गर्न थालिसकेका छन् ।

यता हङकङलाइ दिईएको बिशेष दर्जा पनि खारेज गर्ने ट्रम्पले घोषणा गरेका छन् । चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुन गम्भीर र खतरनाक रहेको भन्दै ट्रम्पले हङकङसँगको सम्बन्ध सामान्य स्तरमा मात्रै कायम राख्नेपनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij