२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ १५ गते बिहीबारको राशिफल

आज ज्येष्ठ १५ गते बिहीबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दिन ठिकै छ ।मातृधनबाट सामान्य फाइदा उठाउन सकिनेछ । आफुभन्दा ठूला ब्यक्तिबाट काममा सहयोग मिल्नेछ । स्थायी सम्पत्ति पनि जाेडन सक्ने याेग छ । स्वास्थ्यमा बिशेष ध्यान दिनु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ । आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन सुखप्रद नै रहेकाे छ आफुभन्दा ठुलाबाट सहयाेग मिल्नेछ । काममा चुनौती देखिएपनि प्रतिस्पर्धामा लाभ नै मिल्नेछ । बिद्यार्थीकाे लागि ठिकै दिन छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन आर्थिक लाभ हुनेछ । घरपरिवारकाे स्वभावमा परिवर्तन आउने छ। राेकिएका काम पूरा हुनेछन् । र्बिद्यार्थीकाे लागि ठिकै दिन छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही सानोतिनो कुराले मनमा खुलदुलि मच्चाइ रहनेछ यो राशिको ब्यक्तिलाई आजकाे दिन राम्रो छ । सथिभाइकाे जमघट साथ मिष्ठान्न भाेजनकाे अवसर प्राप्त हुने छ। बिगतकाे सफल्ताले बर्तमानमा मा हौसला बढ्ने छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।घरमै बस्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज केही खर्च वृद्धि भएपनि आटेकाे काम पुरा हुनेछ दिगाे फाइदा हुने कार्यमा लगानी लाग्ने याेग छ ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आय आर्जनमा वृद्धि हुने याेग छ।कार्यमा सफलता नै मिल्नेछ ।परिवारका जायज आवस्यकता पुरा गर्न सकिने छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धन नास हुने याेग छ विशेष ख्याल गर्नु हाेला । बिश्वासमा धाेका हाेला ।निकै परिश्रममा मात्र काम सफल हुने छ । बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन राम्रो छ। कार्यमा सफलता हुने छ।नयाँ काम गर्ने समय छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस् ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
काममा चुनौती बढेपनि सफलता भने प्राप्त हुने छ । नसाेचेकाे ठाउबाट धन प्राप्त हुनेछ सानातिना काममा अलझिनु पर्नेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन राम्रो छ।मित्रताकाे बन्धन कसिनुकाे साथै दाम्पत्य सुखमा रमाउने समय छ । बिद्यार्थीकाे लागि राम्रो छ। यात्राकाे याेग छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिनमा प्रतिद्वन्द्वीकाे याेजना थाहा पाउनाले कार्य सहज हुनेछ ।ऋणसापटी लिनदिन आजकाे दिन राम्रो छ । कार्यमा सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन हरेक पक्षवाट राम्रो रहेकाे छ । पढाइ राम्रो हुनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध राम्रो हुनेछ । बाेलिकै भरमा बिशेष कार्य सम्पादन हुनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।

जय शम्भु ।।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij