२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

छोरीमाथि बाबुको पटक पटक बलात्कार प्रयास

छोरीमाथि बाबुको पटक पटक बलात्कार प्रयास

आमाकै उजुरी पछि पक्राउ….

मेलम्ची। छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् ।

छोरीलाई विगतदेखि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाका बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनु भयो ।

निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij