२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बजेटमा बीमा क्षेत्रका यस्ता छन माग, ५० हजारसम्मको जीवन बीमामा कर छुट व्यवस्था गर्नुपर्ने

बजेटमा बीमा क्षेत्रका यस्ता छन माग, ५० हजारसम्मको जीवन बीमामा कर छुट व्यवस्था गर्नुपर्ने

bima

काठमाडौं । बीमा क्षेत्रमा व्यवसाय गर्दै आएका कम्पनी तथा बीमा समितिले ५० हजार रुपैयाँसम्मको जीवन बीमामा कर छुटको व्यवस्था गर्न सरकारलाई सुझाएको छ । बीमा समितिले कर छुट दिँदा आम नागरिकलाई बीमा गर्न प्रोत्साहन मिल्ने भन्दै यस्तो माग सरकार समक्ष राखेको हो ।

हाल २५ हजार  रुपैयाँसम्मको जीवन बीमा गराउँदा कुनै पनि कर नलाग्ने व्यवस्था गरिएको छ । २५ हजार रुपैयाँसम्म प्रिमियम तिरेर जीवन बीमा गर्नेले सो रकममा आयकर छुट पाउदै आएका बीमा समितिका अध्यक्ष चिरञ्जीबि नेपालले बताएका छन् । ‘सो सीमासम्म कर छुटको व्यवस्था गर्न सके बीमा गराउने बढ्छन्,’ उनले भने ‘यदि कर बढेका यो घटन सक्छ ।’

सरकारले कर नलाग्ने सीमा बढाउन डराउनुपर्ने सम्बन्धित क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । जीवन बीमामा सानो छुट दिँदा अर्थतन्त्रमा धेरै रकम संकलन हुन्छ, रोजगारीको अवसर बढने बताइएको छ ।

यसका साथै बाली तथा पशुपंक्षी बीमाको अनुदानलाई निरन्तता दिनु उपयुक्त हुने पनि उनले बताए । कृषि बीमामा सरकारले दिँदै आएको अनुदानलाई निरन्तर गर्न पनि समितिले सुझाएको हो । हाल किसानहरुले बाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा ७५ प्रतिशत अनुदान सरकारले दिने गरेको छ । किसानले २५ प्रतिशत रकम तिरेर बीमा गराइरहेका छन् । बाँकी ७५ प्रतिशत रकम भने सरकारले सोधभर्नाका रुपमा उपलब्ध गराउँदै आएको छ ।

बीमा समितिले लघु बीमालाई पनि अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । विपन्न नागरिकहरुलाई लक्षित गरेर लघु बीमा ल्याइएको हो, त्यसमा पनि बाली तथा पशुपंक्षी बीमामा जस्तै अनुदान उपलब्ध गराउनु समितिले सुझाएको छ । लघु बिमामा पनि कृषिमा बराबर बिमा शुल्कमा अनुदान दिन समितिले माग गरेको हो । हाल लघु बीमामा सरकारले कुनै प्रकारको अनुदान दिएको छैन ।

त्यस्तै सम्पत्ति बीमालाई प्रोत्साहन गर्ने खालको नीतिगत व्यवस्था गर्न पनि समितिले सरकारलाई आग्रह गरेको छ । यसमा सम्पत्तिको बीमा गर्दा निश्चित प्रतिशत कर छुटको व्यवस्था गर्न समितिले आग्रह गरेको हो । हाल स्थानीय तहले सम्पत्ति कर उठाउँदै आएका छन् ।

त्यसरी नै बीमा कम्पनीहरूले बीमा अभिकर्ताले काम गर्दा पाउने कमिशन पनि खर्च देखाउन पाउनु पर्ने व्यवस्थाको उनले माग गरिएको छ । हाल अभिकर्ताले पाउने कमिसनबाट सरकारको नीतिअनुसार व्यक्तिगत कर तिर्नुपर्छ । तर अभिकर्ताले बीमा गर्ने क्रममा भएको खर्च कट्टी गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij