२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्योगहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्दै ग्रील महासंघ

उद्योगहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्दै ग्रील महासंघ

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट सुरक्षित रहन गरिएको लकडाउनको कारण सबै ग्रील उद्योगहरु बन्द रहँदा यो क्षेत्रले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ ।

यसको साथै देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्योगमा संलग्न एक लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेर भोकभोकैं बस्नुपर्ने अवस्था समेत सृजना भएको छ । यसरी लामो समय सम्म उद्योगहरु बन्द रहिरहने हो भने थप संकट निम्तिन सक्ने अवस्था समेत छ । यसकारण अब उद्योगहरु क्रमश सञ्चालनमा ल्याई वर्तमान असामान्य अवस्थालाई सामान्य बनाउनु जरुरी छ ।

कसरी कारोनाको संक्रमणबाट सुरक्षित रहेर उद्योगहरु सञ्चालन गर्न र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने बिषयमा हालै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र स्वीट्जरल्याण्ड सरकार तथा नेपाल सरकारको दुईपक्षिय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागि शिप परियोजना (ईन्स्योर प्रोजेक्ट) बिच छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

छलफलमा ग्रील उद्योगलाई सुरक्षित कार्यस्थलको रुपमा रुपान्तरण गरि सञ्चालन गर्ने बिषयमा स्वास्थ्य विज्ञ डा.लिला पौडेल कोरोना संक्रमणबाट बच्ने उपाय ं र व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा बिज्ञहरु दिनेश प्रसाद शाहले कोरोना संक्रमणबाट कसरी सुरक्षित भएर उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा वृत्तचित्र सहित जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ग्रील तथा स्टील व्वसायी महासंघका अध्यक्ष मोहन कटुवालले महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न लगाईएको लकडाउन खुलेपछि उद्योग व्यवसाय सचालन गर्न ठुलो चुनौती रहेको अवस्थामा ग्रील उद्योगमा प्रयोग हुने तथा उद्योगबाट उत्पादित ग्रीलजन्य फलाममा कोरोनाको संक्रकण बढी समय सम्म रहने हुँदा यसको जोखिम बढी हुनुका साथै मानव बस्ती एवंम ठूला भवन, आयोजना, परियोजना, अपार्टमेन्ट र सहरमा गएर फलामको काम गर्नुपर्ने भएकोले सुरक्षित भएर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले यस उद्योगमा विशेष गरी कोरोनाको जोखिम रहेको क्षेत्र तराईका तथा छिमेकी मुलुक भारतका कामदारहरु बढी कार्यरत रहेको बताउँदै उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनुपर्ने र सुरक्षित रहेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था भएको बताउनुभयो । यस्तो अवस्थामा व्यवसायमा सचेतना कार्यक्रम प्रभावकारी हुनसक्ने उहाँको धारणा छ ।

कोरोनाको असर कहिले सम्म रहने हो यकिन नभएको हुँदा कोरोनालाई पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि समावेश गराउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत अध्यक्ष कटुवालले बताउनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे नेपालका लागि स्वीटजरल्याण्डको राजदुताबासका बरिष्ठ कार्यक्रम अधिकृत डा.उषा भण्डारीले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपबाट सुरक्षित भई काम गर्न गराउन यस किसिमको सचेतना कार्यक्रमले सहयोग पुग्ने बताउँदै यसैकारण ग्रील उद्योग लगायत अन्य व्यवसाय प्रतिष्ठानमा समेत सहकार्य गरी उद्योग सञ्चालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सिटिईभिटी, हल्भेटास नेपाल र ईन्स्योर प्रोजेक्टका प्रतिनिधि, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय पदाधिकारी, प्रदेश संयोजकहरु एवं जिल्ला प्रतिनिधिहरुले जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij