विश्वव्यापी महामारीकाे कारण नेपाली उद्याेग व्यवसाय समस्यामा रहेकाे भन्दै नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंले समस्या समाधानकाे लागि अाग्रह गरेकाे छ ।
निजी क्षेत्र समग्र अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान पुर्याउँदै आएकाे क्षेत्र भएकाे र यसबाट लाखौँलाइ रोजगारी सृजना भएकाे भन्दै राज्यले निजी क्षेत्रका समस्याहरूलाइ विशेष प्याकेज सहित समाधान गर्नुपर्नेमा संघले विज्ञप्ति मार्फत अाग्रह गरेकाे छ ।
व्यवसायीकाे मनाेबल उच्च बनाउन र अार्थिक क्षेत्रका पुनरूत्थान गर्न विशेष प्याकेज अावश्यक रहेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले प्रकाशन गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई व्यवसायीहरूका समस्या र अबकाे बजेटमा समेटिनुपर्ने कुरालाइ समेटेर सुझाव दिएकाे र ती सुझावहरू समावेश गर्न विज्ञप्तिमार्फत संघका अध्यक्ष दिनेश श्रेष्ठले अाग्रह गरेका छन् ।
वर्तमान संकट विशेष परिस्थितिजन्य रूपमा सृजना भएकाे र यसलाइ निजी क्षेत्र एक्लैले सामना गर्न नसक्ने कुरामा समेत राज्यलाइ ध्यानाकर्षण गराइएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij