२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनाले अहिले सम्म विश्वभर ३ लाख ३९ हजार बढीको मृत्यु, करिब ५३ लाख संक्रमित

कोरोनाले अहिले सम्म विश्वभर ३ लाख ३९ हजार बढीको मृत्यु, करिब ५३ लाख संक्रमित

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दैनिक हजारौको मृत्यु हुने क्रम अझै रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वभर करीब ५ हजार मानिसको मृत्यु भएको छ । यो सगैँे कोरोनाले ६ महिनाको अबधिमा अहिले सम्म ३ लाख ३९ हजार मानिसको मृत्यु भएको छ । यस्तै कुल संक्रमित ५२ लाख ९७ हजार पुगेको छ । यसै अवधिमा निको भएर घर फर्कनेको संख्या २१ लाख ५० हजार पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १६ लाख ४४ हजार नाघेको छ ।

बेलायतमा मृतकको संख्या ३६ हजार ३ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ५४ हजार पार भएको छ ।

ईटालीमा मृत्यु हुनेको संख्या ३२ हजार ६ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २८ हजार भन्दा बढी छ ।

फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ८२ हजार भन्दा बढी संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या २८ हजार ६ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८१ हजार बढी रहेको छ । स्पेनमा लामो समय पछि फेरी एकै दिन ६ सय बढीको ज्यान गएको छ ।

रुसमा संक्रमितको संख्या ३ लाख २६ हजार नाघेको छ भने मृतकको संख्या ३२ सय नाघेको छ । ब्राजिलमा मृतकको संख्या २१ हजार बढी पुगेको छ भने संक्रमितको संख्या पनि ३ लाख ३० हजार नाघेको छ ।

यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख १४ हजार ७ सय नाघेको छ भने ३ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij