२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रिल व्यवसायीले बुझाए गभर्नरलाई ज्ञापनपत्र

ग्रिल व्यवसायीले बुझाए गभर्नरलाई ज्ञापनपत्र

चैत्र ११ गते देखि सञ्चालन गरिएको निरन्तर लकडाउन घोषणा गरि कार्यन्वयनमा ल्याउदा देशभरि सञ्चालित सम्पुर्ण ग्रील तथा स्टील उद्योग लगायत सम्पुर्ण व्यापार, पेशा व्यवसाय पूर्ण रुपमा बन्द छन् । यसबाट उद्योग ब्यापार संकटमा पर्ने स्थिति सृजना भएको भन्दै ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

देशभरि सञ्चालित ११ हजार ग्रील उद्योग बन्द हुँदा त्यसमा संलग्न एक लाख ६० हजार श्रमिकहरुको रोजगारी गुमेर र श्रमिकहरु भोकभोकैं बस्नु पर्ने अवस्था श्रृजना भएको महासंघका अध्यक्ष मोहन कटुवालले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

संक्रमितको संख्या बढी रहेको अवस्थामा तत्कालै सबै उद्योग एकैचोटी खोलेर सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै उनले कम जोखिम रहेको स्थानबाट क्रमश उद्योगहरु सुरक्षाका बिधिहरु (सामाजिक दुरी, सेनिटाईनर, सर्जिकल माक्सको प्रयोग गरि ) सहित सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

बार्षिक ५० अर्ब भन्दा बढीको ग्रीलजन्य सामागी्रहरु फेब्रिकेटिङ गरि सेवा प्रदान गर्ने ग्रील उद्योगहरु लकडाउनका बन्द हुदा आर्थिक कारोबार बन्द भएको कर्मचारीको तलब भुक्तानी, घरभाडा, बैक तथा बित्तिय संस्थाको किस्ता र ब्याज बुझाउन, सरकारी राजस्व बुझाउन नस्कने हुंदा र लकडाउन खोलेपछी उधोग सञ्चालन गर्न वर्कीङ क्यापिटल पुजीको अभाव हुने कुरालाई विचार गर्दै उद्योगमा भएको मेसिनहरुलाई समेत धितो मानी अधिकतम ३ प्रतिशतमा पुर्नकर्जा उपलब्ध गराउन उनले माग गरेका छन् ।

साथै लकडाउन अवधि भरमा बैक तथा बित्तिय संस्थालाई बुझाउनुपर्ने साँवा र ब्याज बापतको रकम लकडाउन खुलेको १ बर्ष भित्र बुझाउने गरि पुर्नतालिकिरण गर्न समेत माग गरे ।  नेपाल राष्ट्र बैकद्वारा नीति निमार्ण गर्दा र राहतका प्याकेजहरु ल्याउँदा ठुला उ्रद्योग र घरेलु तथा साना उद्योगलाई छुटयाएर ल्याउन पनि उनले आग्रह गरेका छन् ।

 

ग्रील तथा स्टील उधोग ब्यवसायलाई आवश्यक पर्ने वातावरणमैत्री मेसिनहरु आयात गर्दा १ प्रतिशत भन्दा बढी भन्सार शुल्क नलाग्ने ब्यवस्था मिलाउन र कृषीमा दिईने सहुलियत कर्जा ग्रील तथा स्टील उद्योग ब्यवसायलाई समेत उपलब्ध गराउन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij