| परब्रह्माद्वारा विरचित आदिदेवत्रयी ब्रह्मा, विष्णु र शंकर मध्ये शंकरले सृष्टिको संहार र विसर्जनकाे दायित्व लिनुभयाे । आफ्नाे कार्यमा सहयोगकाे लागि उहाँले गणकाे नियुक्ति गर्नुभयो । फेरि समस्त जीवधारिलाइ अनुशासनमा राख्ने कठिन कार्य कसलाइ दिने ? याे प्रश्नमा त्रिदेव विचार गर्न लाग्नुभयाे । संयाेगवस त्यसै समय भगवान भास्कर (श्री सूर्य ) र पत्नी छायाँ (सुवर्णा)का नौ पुत्र भएका थिए । ती मध्येका शनि र यम पनि हुन् । | ||
| पुराणहरुलाइ आधार मान्दा शनिदेवकाे जन्म ज्येष्ठ मास कृष्णपक्षकाे अमावास्या तिथिमा सौराष्ट्र अर्थात गुजरातमा भएको मानिन्छ । यी दुईभाइको | ||
| बल देखेपछि दैवीय शक्तिहरु एकदम प्रभावित भए ।
|
||
| सन्तान याेग्य भएपछि भगवान सूर्यले आफना हरेक सन्तानलाई अलग-अलग लाेक प्रदान गरे तर शनिदेव आफ्नाे लाेकबाट सन्तुष्ट भएनन् र अरुलाेकलाई आक्रमण गरेर हडप्ने काेशिस गर्न थाले । उनकाे याे कुपित भावना देखेर सूर्यदेवलाई दुःख लाग्यो । उहाँले भगवान शिवसंग आफ्नाे पुत्रलाई सम्झाइदिन आग्रह गर्नुभयाे । शिवजीले शनिलाई चेतावनी दिनुभयो तर पनि उनलेे आफ्नाे अडान छाेडेनन् । | ||
तब शिवगण र शनि बिच घमासान युद्ध भयाे । शिवगणले हार बेहाेरेपछि शिव क्राेधित भएर तेस्रो आँखा खाेल्नुभयाे र शनिले आफ्नाे मारक दृष्टिकाे प्रयाेग गरे ।दुवैको आँखाकाे ज्याेतिले गर्दा शनिलाेकमा दिव्य ज्याेति छायाे । त्यसपछि शिवजीले त्रिशूल प्रहार गर्नुभयो जसकाे चाेट सहन नसकि शनि अचेत भए ।![]() |
||
| रिसाएका महादेवले कहिँ शनिलाइ समाप्त त पार्नु हुन्न भनी हतपत सूर्य आई बिन्ती गर्न लागे र शिव खुसि भइ शनिकाे संकट हर्नुभयाे । जीवधारिकाे कर्म अनुसार दण्ड दिनकाे लागि दण्डाधिकारीमा नियुक्ति गर्नुभयाे र उनका भाइ यमलाई मृत्यु प्रदान गर्ने कार्यमा लाउनुभयाे । | ||
| याे त एउटा प्रसंग मात्र हाे । मानव मात्रलाई सद्मार्गी बन्नकाे लागि दृष्टान्त दिने शनिदेवका लिलाहरु धेरै छन् । जसमध्ये केही यसप्रकार छन् । | ||
| शनि र हरिशचन्द्रकाे लिला, शनि र राजा दशरथकाे लिला, शनि र विक्रमादित्य, शनि र नल, शनि र पिप्लाद मुनि, शनि र श्रीहनुमान, शनि र पाण्डेय, शनि र शंकर, शनिलाइ आफ्नाे पत्नीको श्रापकाे लिला अलगअलग पुराणमा देख्न पाईन्छ । आचार्य वराहमिहरले त शनैश्चराधयाय नै लेख्नुभएकाे छ । त्यसमा शनिकाे विषम दृष्टिकाे वर्णन छ । सूर्यलाइ दृष्टि पर्दा कुष्टराेग भयाे । गणेश भगवानमा दृष्टि पर्दा सिर काटिनुपर्याे । आदि अनेक कथा प्रख्यात छन् । | ||
| यदि शनिदेव प्रसन्न भएमा राजा र कुपित भएमा रन्क समेत बनाउनुहुन्छ । | ||
| शनिदेवका दुई राशिबाट पनि याे बुझ्न सकिन्छ गाेहि दु:खकाे प्रतीक हाे भने घडा लिएकाे पुरुष अमृत तथा धन पुरुषार्थकाे प्रतीक हाे । | ||
| अब हामीले गर्ने शनिका स्तुति मन्त्रकाे बारेमा बुझौं । | ||
| ॐ शन्नाे देवीरभिष्टय आपाे भवन्तु पीतये | ||
| शंय्याेरभि स्रवन्तु नः । | ||
| : ऋग्वेद१०/९/४, | ||
| यजुर्वेद३६/१२ | ||
यसकेा अर्थ हुन्छ देदिप्यमान जल (जल रुप शनिदेव) हामीले पिउनकाे लागि सुखरुप हुनुहाेस् तथा राेगकाे नाश गर्नुहाेस् । <strong>’शनि शमयते पापम् पाप नाश गर्ने भएकाले शनि भनिएकाे हाे ।![]() |
||
| शं नाे मित्र शं वरुणः शं विवस्वान् शमन्तक ः । उत्पाता:पार्थिवान्तरिक्षाः शन्नाे दिविचरा ग्राहाः।।
अर्थर्ववेद १९/९/७ अर्थात् मित्र, वरुण,सूर्य,अन्तक(शनि),पृथ्वी र अन्तरिक्ष मा हुने वाला उत्पात र आकाशमा विचरण गर्ने सबै ग्रह हामीलाई शान्ति दिने हौ । मत्स्य पुराणमा कृष्णवर्ण शनिलाइ निलाे वर्णकाे बताएको छ ।मनाेविज्ञानलाई आधार मान्दा निलाे रङ्ग बल,पुरुषार्थ ,वीर भाव सहिष्णुता ,सर्वब्यापकताकाे प्रतीक हाे । शनिले नराम्रो मात्र हाेइज राम्रो पनि गर्छ ,जसको उदाहरण मात्रिका प्रसाद काेइराला शनिकै पालामा प्रमुख भएका थिए ।अमिताभ बच्चनले पनि प्रमुखत शनि ग्रहकै कारण यहाँ सम्मकाे सफलता चुमेका हुन् । सबै चराचर जगतकाे लागि कर्मकाे अनुसार फल प्रदान गर्नकाे लागि ग्रहकाे ब्यबस्था गरियाे तब मृत्यु र माेक्षकाे कारक शनि ग्रहलाइ बनाइयो । जसरि सबै देवीदेवताकाे अन्तिम सत्ता महाकालीको छ त्यसैगरी ग्रहहरुमा अन्तिम सत्ता शनिदेवसँग छ । शनिदेवले कन्टक, अढैया या साढेसातिकाे रुपमा हाम्राे कुण्डलि या हामीलाई प्रभावित पारि रहँदा हामीमा बिकार पैदा हुन्छन् जुन शारीरिक र मानसिक दुवै हुन्छन् । शारीरिक विकार मन्त्र संगत स्नानले जान्छ भने मानसिक विकार शनि देवलाइ भनी छुट्याइएको समिधा र हवनसामाग्रीकाे हवन र सात्विक आहार र शास्त्र निर्दिष्ट दानबाट हुन्छ । जाे ब्यक्तिकाे कुण्डलीमा शनि अशुभ स्थितिमा छ अथवा गाेचरमा जाे ब्यक्ति शनिकाे साढेसाती या अढैया बाट पिडित छन् ।उनिहरुले आजकाे दिन साँझ परेपछि शनिश्चरकाे मन्त्र जप तथा स्ताेत्र पाठ, शनिश्चर सहस्रनामावली चालिसा, कवच इत्यादि पढ्दा अनगिन्ती लाभ मिल्छ । भनिन्छ रक्षा गरिएकाे धर्मले हाम्रो रक्षा गर्दछ ।त्यस्तै उस्काे उचित उपचारले पूजाअर्चना गरिएको ग्रहले पनि हामीलाई रक्षा गर्दछन ।
|
||
| ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij