२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ट्राफिक प्रहरी महाशाखालाई उद्याेगीहरुकाे सहयाेग

ट्राफिक प्रहरी महाशाखालाई उद्याेगीहरुकाे सहयाेग

काठमाडौं । नेपाल बाेटल वाटर उद्योग संग र नेपाल डेरी एसाेसिएसनले काठमाडौं ट्राफिक प्रहरी महाशाखा रामशाहपथलाई फेसभाइजर र बाेटलकाे पानी संयुक्त रूपमा सहयाेग हस्तान्तरण गरेका छन्।

बाेटल वाटर संघका अध्यक्ष सुबास भण्डारी र डेरी संघका निवर्तमान अध्यक्ष सुमित केडियाले ट्राफिक महाशाखाका बरिस्ठ ट्राफिक प्रहरी उपरिक्षक भिम प्रसाद ढकाललाई ७०० थान फेस भाइजर र पानी  सगयाेग गरेका हुन्।

वाेटल वाटर संघका केन्द्रीय सदस्यहरू र डेरी एसाेसिएसनका महासचिव प्रल्हाद दाहालले सहयाेग पहल गरेका थिए।

वाटर संघकाे तर्फबाट ६०० थान र डेरी संघकाे तर्फबाट १०० थान फेसभाइजर गरि ७०० थान भाइजर संकलन गरि सहयाेग गरेकाे वाटर संघका केन्द्रीय उपाध्यक्ष बिक्रम लिम्बु चेम्जोङले जानकारी गराएका छन्।

भाइजर र पानी सहयाेग गरेकाेमा महाशाखाका प्रहरी उपरीक्षक ढकालले दुबै संघलाई धन्यवाद दिएका थिए।

नेपालमा काेराेना भाइरसकाे जाेखिम बढ्दाे क्रममा रहेकाे र सडकमा अत्यावश्यक सवारी साधन बाहेक कुनैपनि सार्वजनिक सवारी साधन चलन् नसकेकाे बेला सुरक्षा कर्मि समेत जाेखिम बीच काममा खटिएकाे यथार्थलाइ लक्षित गरी आफूहरुले उक्त सहयाेग उपलब्ध गराएकाे बाेटल वाटर उद्याेग संघका अध्यक्ष सुवास भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij