२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मिनर्भा फाउन्डेसनबाट सुत्केरी परिवार तथा ज्यालादारी गर्ने परिवारलाइ राहत वितरण

मिनर्भा फाउन्डेसनबाट सुत्केरी परिवार तथा ज्यालादारी गर्ने परिवारलाइ राहत वितरण

बढ्दाे कोरोना संक्रमणसँगै नेपालमा लकडाउन पनि  बढ्दाे क्रममा रहेको छ । यस्ताे परिस्थितिमा भाडामा बसेर आफ्नो दीवन निर्वाह गर्न परिवारलाई थप समस्या सृजना हुँदै गएकाे छ । यस्ताे अवस्थामा खानपानको अभाव परेका परिवारलाई लक्षित गरी मिनर्भा फाउन्डेसनको तर्फबाट विभिन्न चरणमा राहत वितरण गरिँदै आइएकाे छ ।

यसै सिलसिलामा जेठ ५ गते तारकेश्वर ८ काठमाडौंमा डेरा गरि बस्ने गाेकुल दर्जी स्थायी घर नुवाकोट बेलकोट भइ हाल काठमाडौंमा गारमेन्ट झोला सिलाउने काम गर्ने व्यक्तिकाे घरमा लकडाउन बीच सुत्केरी भएकी २७ दिनकी श्रीमतीलाई र आफ्नो बालबच्चाकाे दिनचर्या सहज हुने अपेक्षा सहित राहत वितरण गरिएकाे छ ।

उक्त परिवारलाइ फाउन्डेसन मार्फत करिब २ महिना सम्म पुग्ने गरी खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरिएकाे छ ।

राहत अन्तरगत चामल, दाल, खाने तेल, बच्चालाई लगाउने तेल, भुजिया, चिउरा, दाल्मोठ,मसला, चिनी, चियापती, बिस्कुट लगायत थिए।

सुत्केरी महिलाको पोषणयुक्त खानेकुराको लागि केही रकम पनि हस्तान्तरण गरिएको थियोे । सुत्केरीलाई के खुवाउने भनेर चिन्तित पर्दा उक्त राहतले ठूलाे सहयाेग पुगेकाेमा उक्त परिवार खुसी भएकाे छ ।

सोही दिन नै मिनेर्भा फाउन्डेसनले तारकेश्वर नगरपालिका वडा नं १० मा बस्ने स्थायी घर धादिङ ज्यामरुङ भइ बिगत ९ बर्ष देखि काठमाडौंमा सपरिवार बस्दै आएका र पार्टी प्यालेसमा कुक रहेका ५१ बर्षिय धन बहादुर भुजेल सहित ज्यालादारीमा काम गर्ने छोरा र २ छोरीकाे परिवारलाइ पनि करिब १ महिना सम्म पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरिएको छ । यस परिवारमा ६ जना बस्दै आएका छन् ।

मिनर्भा फाउन्डेसनका अध्यक्ष टाेपिन्द्र सापकाेटा संस्था मार्फत कमजाेर अवस्थाका व्यक्तिहरुलाइ सहयाेग गर्न पाएकाेमा गाैरवान्वित महसुस भएकाे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij