२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना : फर्केर जान्छस् कि तेरो ढाड भाँच्दिम् ?

कोरोना : फर्केर जान्छस् कि तेरो ढाड भाँच्दिम् ?

– राजनप्रसाद पोखरेल

नयाँ र आयातित रोग भएर पनि कोरोना त कस्तो छुच्चो ! बेलाबेलै हामीलाई चिरिक्क–चिरिक्क चिमोटेर ब्युँझाइरहन्छ । सुत्नै दिँदैनस् । भ्रष्टाचार गरिरहने भनेर सत्तासँग सन्धि गरेर चुपचाप सुतेका हामी दुई तिहाईका नेता र मन्त्रीलाई चिमोटेर ब्युँझाउँदै आएको कोरोनाले आज नमज्जाले चिमोटिरहेको छ । चिमोटेको ठाउँमा यसो सुमसुम्याएर सुत्न खोज्यो फेरि चिमोटेरै ब्युँझाउँछ ।

कहिले बागलुङमा चिमोट्छ, कहिले पर्सामा चिमोट्छ, कहिले कपिलवस्तुमा, कहिले वीरगन्जमा, कहिले रुपन्देहीमा चिमोट्छ । अहिले त हुँदाहुँदा काठमाडौं, चितवन, गुल्मी, मोरङ, हुँदै मेचीदेखि कालीसम्म, तराईदेखि हिमालसम्म चिमोटेर ब्युँझाइरहन्छ । चिमोट्दा नटेरेको भएरै हो त तैले दुख दिएको ?
तैँले त्यसरी ब्युँझाएपछि सरकारलाई कति गाह्रो पर्छ ! ब्युँझेपछि चुप लागेर बस्न मिलेन । तन्याकतुनुक तन्किनुपर्‍यो, मिटिङ बैठक बस्नुपर्‍यो, वक्तव्य/सक्तव्य निकाल्नुपर्‍यो । हेलिकोप्टर उडाउनुपर्‍यो, कोरोनाको निरीक्षण गर्नुपर्‍यो, पुराना रोग र महामारीको इतिहास खोज्नुपर्‍यो, घरमा पाहुना आउँदा पनि तेरै पछि लाग्नुपर्ने ? अनुसन्धान गरेजस्तो गर्नुपर्‍यो । डाक्टरहरूलाई बोलाएर आपत्ति प्रकट गर्नुपर्‍यो, कूटनीतिक नियोगमा गरेजस्तो देखाउनुपर्‍यो । औषधि ल्याउनु पर्यो र यो मौकामा यसो हात पनि चाट्नै पर्यो ।
प्रतिपक्षी दलकालाई त तैँले हिजो के पूर्वाधारको विकास गरेको थिइस् भनेर हप्काउँदा चुप लाग्छन्, सत्तापक्षकै नेताका छाडा गाली खानुपर्‍यो । मिटिङमा आच्छुआच्छु पार्छन्, सदनमा र्‍याखर्‍याख पार्छन्, सहनुपर्‍यो ।
प्रतिपक्षलाई पनि त्यस्तै मुस्किल । यस्सो केही भन्न हुन्न, आफू सरकारमा हुँदा के गर्‍याथिस् भनेर उल्टै हप्काउँछन् । आफूले यो गरेको थिएँ भनेर पत्ता लगाउनुपर्‍यो, सदनमा पेस गर्नुपर्‍यो । सडकमा कार्यकर्ता उफार्नुपर्‍यो, धर्ना गराउनुपर्‍यो, प्रहरीलाई जिस्क्याउनुपर्‍यो, गिरफ्तारी दिनुपर्‍यो, गिरफ्तारीको विरोध गर्नुपर्‍यो । यसो गर्दा सडकमा भीडभाड हुने भो, त्यसो गर्न पनि मिलेन । पिपिइका कुरा गर्नुपर्‍यो, पिसिआर प्रविधिका चेक गर्ने किड्सका बारेका कुरा गर्नुपर्‍यो । आफूले सरकारमा हुँदा गर्न नसकेका कुरा किन गरिनस् भनेर सरकारलाई सोध्न कम गाह्रो हुन्छ ? धन्न जेजस्तो महामारीको अवस्था आएको भएपनि कोरोनाजस्तो महामारी आएको थिएन र यसो कुर्लन पाइएको छ ।
अरू त अरू लेख्ने र बोल्ने विषय नपाएका कवि, लेखक, पत्रकार, बुद्धिजीवीदेखि सर्वसाधारणको पनि निद्रा कम खलबलिन्छ, यसरी पटक–पटक ब्युँझनुपर्दा ! कविता फुराउनुपर्‍यो, गीत–गजल लेख्नुपर्‍यो, छाप्नुपर्‍यो, प्रचारप्रसार गर्नुपर्‍यो । भएनभएको समाचार बनाएर जनतामा त्रास फैलाउनै पर्यो । दूतावासअगाडि विदेश भएका नेपाली किन नल्याएको भनी माइतीघर मण्डलाहरूमा प्लेकार्ड प्रदर्शन गर्नुपर्‍यो, क्रान्तिका कुरा गर्नुपर्‍यो, आत्मनिर्भरताका कुरा गर्नुपर्‍यो । अन्तर्वार्तामा, लेख–रचनामा, सामाजिक सञ्जालमा चर्काचर्का विचारहरू दिनुपर्‍यो । यसरी बेला कुबेला, ठाउँ–कुठाउँ चिमोट्दा हाम्रा निरोगी नेपाल खुसी जनताको मन कति दुख्छ ! ख्याल गर्नु पर्दैन कोरोना ?
प्रतिपक्षी दलकालाई त तैँले हिजो के पूर्वाधारको विकास गरेको थिइस् भनेर हप्काउँदा चुप लाग्छन्, सत्तापक्षकै नेताका छाडा गाली खानुपर्‍यो । मिटिङमा आच्छुआच्छु पार्छन्, सदनमा र्‍याखर्‍याख पार्छन्, सहनुपर्‍यो ।
प्रतिपक्षलाई पनि त्यस्तै मुस्किल । यस्सो केही भन्न हुन्न, आफू सरकारमा हुँदा के गर्‍याथिस् भनेर उल्टै हप्काउँछन् । आफूले यो गरेको थिएँ भनेर पत्ता लगाउनुपर्‍यो, सदनमा पेस गर्नुपर्‍यो । सडकमा कार्यकर्ता उफार्नुपर्‍यो, धर्ना गराउनुपर्‍यो, प्रहरीलाई जिस्क्याउनुपर्‍यो, गिरफ्तारी दिनुपर्‍यो, गिरफ्तारीको विरोध गर्नुपर्‍यो । यसो गर्दा सडकमा भीडभाड हुने भो, त्यसो गर्न पनि मिलेन ।
तँ कोरोना त बुद्धि पनि नभएको क्या ! हामी आनन्दले निदाइराखेका थियौँ, किन सुटुक्क नआएर हल्ला गर्दै चीन, इटाली, स्पेन, अमेरिका, भारत हुँदै चिच्याउँदै आएको ? किन टाढाटाढादेखि देखिने गरी आकाशमा धुवाँ पठाएको ? हामीले त कोरोना मुक्त देस भनिदिएकै थियौँ । अन्तिम अवस्थासम्म नेपालमा कोरोना छैन भन्दै विदेशी पर्यटकलाई बोलाइ रहेकै थियौँ । तेरो लागि यस्तो अनुकूल वातावरण नेपालमा हुँदाहुँदै पनि बडो हल्लाखल्ला गरेर नेपाल आउनुपर्छ ? चुपचाप सगरमाथाको बाटो हुँदै सुटुक्क झरेको भए हुँदैनथ्यो ? हामीलाई हेपेको ? कि तैँले वीर गोर्खाहरूको इतिहास पढेको छैनस् ? कि तैँले वीर बलभद्रको नाम सुनेको छैनस् ? कि तैँले अमरसिंह र भीमसेन थापाहरूको जीवनी पढेको छैनस् ?

हेर् कोरोना, हाम्रा कुरा सुन् ! सुनिनस् भने हामी थप कडा आपत्ति जनाउँछौँ, डब्लूएचओलाई बालुवाटारै बोलाएर धम्की दिन्छौँ । हामी यसैपालि तैँले पुराएको क्षतिभन्दा दस/बीस गुणा बढी उत्पादन गर्नेछौं । प्रत्येक प्रदेश र जिल्लामा अत्याधुनिक अस्पताल खडा गर्दै छौँ । अब हामी तीन चार पुस्तालाई समस्या नपर्ने गरि स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुँदर्छौं । आखिर गफै दिने त हो नि !!! अब यस्तो प्रविधिको आविष्कार गर्छौँ जसबाट ढुंगाहरूमा लठ्ठीले हानेर कोरोना बिरुद्धको आवाजहरू निक्लनेछन् । खोक्छौँ, हाच्छ्युँ गर्छौं अनि मात्रै सुत्छौँ । हेर् कोरोना तलाई विश्व भ्रमण गर्नुनै थियो भने त्यो यात्राको सुरुवात नेपालबाट किन गरिनस्, त्यसो गरेको भए अहिले हामी शान्त भइसक्ने थियौँ । भनेको मान्, तँ जुन बाटो आइस् त्यही बाटो फरक्क फर्केर जा !!! चीनजस्तो ठूलो देशले मानेको छ हामीलाई । भारतले त झन् हामीलाई कति मान्छ कति । डोनाल्ट ट्रम्पले, भ्लादिमिर पुटिनले त हामीलाई भगवान् नै सम्झन्छन् तैलेचाहिँ के ठानेको हामीलाई ??? फेरि फेरि पनि तँलाई आउनुपर्ने भए नेपाललाई केही नगरी जा । होइन भने नेपालीले ज्ञानेन्द्र शाहीको चितवनमा ढाड भाँचे झैं भाच्नाल् र तेरो विश्वयात्रा यही समाप्त होला । यो मैले दुई तिहाईको म्यान्डेट लिएर बोलेको हुँ । हाम्रो एकमात्र मिसन तेरो ढाड भाँच्ने हो । कुरा बुझ् जताबाट आएको त्यतै आफ्नो बाटो कुद् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij