२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्ने सरकारकाे निर्णय, कस्ता व्यक्तिले पाउँछन् त प्राथमिकता ?

सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्ने सरकारकाे निर्णय, कस्ता व्यक्तिले पाउँछन् त प्राथमिकता ?

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्ने प्रस्तावित प्रक्रियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ्रिङ गरेका थिए ।

उनले उद्धार गर्ने प्रक्रिया र स्वदेशमा व्यवस्थापन गर्ने प्रक्रियाको खाका प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गरेका थिए । विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा पहिलो चरणमा कस्तो अवस्थाकालाई प्राथमिकतामा राख्ने भन्नेबारेमा छलफल भएको हो ।  उनीहरुलाई स्वदेश फर्काउने प्रक्रिया थाल्न र आवश्यक व्यवस्थापन गर्न परराष्ट्र मन्त्री ज्ञवालीलाई जिम्मेवारी समेत दिइएको छ ।

मन्त्री ज्ञवालीले विभिन्न देशबाट नेपाली नागरिकको उद्धार गर्दा ४ तरिकाबाट गर्नेबारे खाका प्रस्तुत गरेका थिए ।

बिरामी भएर उपचार गर्न गएका नेपाली नागरिक, गर्भवती महिलाहरु, नेपालमा आफन्तको निधन भएर आफ्नो संस्कृति अनुसार काजक्रिया गर्न नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।

विदेशबाट नेपालमा ल्याइसकेपछि के गर्ने भन्नेबारेमा पनि मन्त्री ज्ञवालीले आफ्नो योजना सुनाएका थिए ।

सकेसम्म विदेशमै स्वास्थ्य परीक्षण गरेर ल्याउने र नेपालमा कहाँ, कसरी र कस्तो क्वारेन्टाइनको व्यवस्था गर्नेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।  उनले भने–‘सम्बन्धित मुलकसँग पहल गरेर स्वास्थ्य परीक्षण गराएर रिर्पोट आएपछि ल्याउने, परीक्षण हुन नसके नेपालमै ल्याएर परीक्षण गर्नेबारे छलफल भएको छ । यहाँ ल्याएपछि कसरी स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको छ ।’

सोमबार साँझ बोलाइएको बैठकमा मन्त्रिपरिषदको बैठकमा पनि विदेशबाट उद्धार गर्ने विषयमा थप छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij