२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सहाराविहीन बालबालिका उद्धार गरेर बाल हेल्पलाइनमा संरक्षणको व्यवस्था गरियो

सहाराविहीन बालबालिका उद्धार गरेर बाल हेल्पलाइनमा संरक्षणको व्यवस्था गरियो

सरकारले कपिलवस्तुको क्वारेन्टाईनमा रहेका २ जना बालबालिकाको संरक्षणको व्यवस्था गरेको छ ।

शिवराज नगरपालिकाको क्वारेन्टाईनमा रहेका सहाराविहीन ९ वर्षीया बालिका र १० वर्षका बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले चितवन स्थित दियालो परिवारद्वारा संचालित बाल हेल्प लाईनमा संरक्षणको व्यवस्था गरेको हो ।

क्वारेन्टाइनमा रहेका बालबालिकालाई आईतबार (हिजो) जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पासको व्यवस्था गरी चितवनमा ल्याई संरक्षणको व्यवस्था गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो ।

सहाराविहीन बालबालिका क्वारेन्टाइनमा रहेको समाचार आउने वित्तिकै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको संरक्षणको व्यवस्था मिलाउन परिषदलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री गुरुङको निर्देशन तथा कपिलवस्तु जिल्ला प्रशासन कार्यालय, शिवराज नगरपालिका, दलित मानव अधिकार निगरानी समिति र दियालो परिवारसँग समन्वय गरी उनीहरुको संरक्षणको व्यवस्था गरिएको पनि परिषदले जनाएको छ ।

लकडाउनकै बीचमा काठमाडौंको एक इट्टा उद्योगमा काम गरिरहेका आमाले छोडेर गएपछि विचल्लीमा परेका उनीहरु सो उद्योगमा काम गर्ने अरु व्यक्तिसँगै कपिलवस्तु पुगेपछि शिवराज नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहीँ उनीहरुको स्वाव परीक्षण गरी रिर्पोट नेगेटिभ आएपछि बाल हेल्पलाईन चितवनमा संरक्षणको व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।

परिषदले लकडाउन यता मात्रै काठमाडौं उपत्यका र बाहिरका मुख्यमुख्य सहरमा गरी करिव ४० जना सहाराविहिन बालबालिकाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाइएको जनाएको छ ।

यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनिबालबालिका भेटिएप्रहरी वाबालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij