मनुष्य जीवन एउटा सामान्य घटनाको उपज हाेइन, सामान्य चिन्तन हाेइन, याे मनुष्य जीवन अन्यासै प्राप्त भएको हाेइन ।यसकाे पछाडि धेरै आवागमनका चक्र छन् , यसकाे मूल्यलाई बुझेर हामीलाई यहाँ सम्म ल्याइपुर्याउने र नेपाली भनेर विश्वसामु चिनाउने अग्रजहरुलाई सम्झिएनैां भने हामीलाई तिनको श्राप लाग्नेछ ।
आजकाे दिनलाई पावन बनाउने अग्रजहरु शान्तिका दुत गाैतम बुद्ध तथा महायाेगी गुरु गाेरखनाथ लगायत रहनुभएकाे छ। वैदिक सनातन धर्म ग्रन्थलाई साक्षी राख्दा कुर्म अवतार भगवान बिष्णु र पुष्करा देवीले पनि आजकै दिनमा याे पृथ्वी लाेकमा अवतार लिनुभएकाे थियो ।
यी सबैलाई आजकाे दिनमा नसम्झिइ रहन सकिँदैन तर पनि गाेरखनाथलाई कता-कता हामीले भुल्ने त हाेईनाैं भनेर उहाँको बारेमा केही जानकारी दिँदैछु। श्री महायाेगी गुरु गाेरखनाथ सम्पूर्ण गुरुहरुमा महागुरु सम्पूर्ण याेगीहरुमा महायाेगी र सम्पूर्ण नाथहरुमा महानाथ हुनुहुन्छ । उहाँ भगवान शिवका सबैभन्दा महत्त्वपूर्ण र प्रमुख अवतारकाे रुपमा पूजित हुनुहुन्छ ।
भनिन्छ याेगमार्गकाे प्रचारकाे लागि भगवान शिवले नै गाेरक्ष रुप धारण गर्नुभएको हाे । गाे शव्दकाे अर्थभित्र समाहित गाई, पृथ्वी, इन्द्रिय आदि सम्पूर्णकाे रक्षा गर्ने गाेरक्ष नै हुनुहुन्छ ।
श्रीमद्भागवत, नारदपुराण, स्कन्दपुराण, ब्रह्माण्डपुराण, शिवपुराण आदिमा उहाँकाे बारेमा उल्लेख भएकाे छ। विश्वकाे इतिहासलाई हेर्दा उहाँको प्राकट्य सयौं हजारौं बर्षकाे अन्तरालमा विभिन्न स्थानमा भएको पाइन्छ ।
आमाकाे काेखबाट नभई आवश्यकता अनुसार आफैं प्रकट हुने महायाेगी अजर-अमर कायायुक्त हुनुभएको स्पष्ट हुन्छ ।
नेपालकाे सन्दर्भमा हेर्दा गाेरखा राज्यको नामाकरण उहाँको नामबाट भएको पाइन्छ । उहाँकै आशिर्वादबाट याे राष्ट्र कहिल्यै पराधिन बन्न नपरेको गैारवशाली इतिहास रहेको छ ।
उहाँको ऋण चुकाउन पनि हामीले उहालाई आज सम्भनुपर्छ र भक्तिभावले पूजाअर्चना गर्नुपर्दछ ।उहाँ नेपालको राष्ट्र गुरु हुनुहुन्छ । नेपालकाे बिभिन्न ठाउँमा उहाँका मठ-मन्दिर छन् । जस्तै गाेरखाकाे गाेरख गुफा, पशुपतिकाे मृगस्थली पीठ, हनुमानढोकाकाे काष्ठमण्डप आदि ।
इतिहासलाई केलाएर हेर्दा गुरु गाेरखनाथ सर्वप्रथम यस धरतीमा बैशाख शुक्ल पूणिर्माका दिन गाेरखाकाे गाेरख गुफामा प्रकट हुनभएकाे थियोे ।
नेपाली मात्र नभएर विश्वकै पूर्वीय धर्म अनुरागी मध्ये पूजनिय हुनुहुन्छ ।
माथिका सबै भगवानले अहिलेकाे यो विषम परिस्थितिवाट सम्पूर्ण मानवको रक्षा गर्नुहुनेछ ।
जय जय शम्भु , जय गाेरखनाथ