आज २०७७ साल वैशाख २५ गते बिहीबार तदअनुसार मे -०७ २०२० ।शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । वैशाख शुक्लपक्ष । तिथि – पूणिमा (२९ घ १४प) १७:०३ बजे सम्म रहेकाे छ । तिथि देवता चन्द्र : त्यसपछि ज्येष्ठकृष्ण प्रतिपदा देवता अग्निः।

नक्षत्र – स्वाति (१६घ१०प) ११:५० बजे सम्म त्यसपछि विशाखा रहने छ।
याेग
याेग- ब्यतीपात (३१घ०९प) १७:५०बजे सम्म त्यसपछि वरीयाम् रहेकाे छ।
करण – विष्टि (०२घ ०३प) ६:११ बजे सम्म त्यसपछि वव:(२९घ१४प)१७:०३ बजे सम्म
त्यसपछि बालव (५६घ३२प) १५:२३ बजे सम्म रहेकाे छ त्यस पछि कैालव रहेको छ।
आनन्दादिमा स्थिर याेग । श्री सूर्य मेषराशिमा र चन्द्रराशि- तुला (५८घ३२प) १५:२३ बजे
सम्म त्यसपछि बृश्चिकमा रहनेछ।
चन्द्रमाकाे वर्ण: दिशा वर्ण सेताे र दिशा पश्चिम रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय -५:२२बजे सुर्यास्त १८:४० बजे र दिनमान ३३ घडी १६ पला रहेकाे छ ।
आज दिउँसो १:३०देखि ३:००बजे सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा दक्षिण रहेकाे छ । आज वार शूल दक्षिण याेगिनी शुल वायव्य दिशामा परेकाे छ । ।
आजकाे लागि शुभ समय
आज लागि शुभ दिशा पश्चिम रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग राताे र सेताे रहेकाे छ ।
आज (५८घ३२प) ४:४७ बजे सम्म जन्मेका बालबालिकाकाे तुलाराशि र त्यसभन्दा पछिकाकाे बृस्चिक रहनेछ ।
आजका पर्वहरु
आज श्री कूर्मजयन्ती, बुद्धजयन्ती, गाेरखनाथ जयन्ती, चण्डी पूर्णिमा, पूर्णिमा ब्रतम्, स्वाँया पून्हि, बैशाख स्नानम्पूर्तिः ।
उभाैली पर्व, घाटु नृत्य समापन, रानीकाेट(भक्तपुर) बाघभैरवपर्व, गाेटीखेल (ललितपुर) वैतर्णीधाम मेला, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा रहेका छन् ।