काठमाडौँ – अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लैजाँदै छ।
नेपाल स्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी अनुमति प्राप्त व्यक्तिलाइ लैजान लागेको हो ।
निगमको वाइड बडी विमान २७० जनालाई लिएर सिड्नीका लागि उड्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij