काठमाडौं- कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने निर्णय गरेको छ। यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन ७ देखि १० दिनसम्म थप्ने निर्णय गरे पनि ठ्याक्कै यति दिन भन्नेबारे जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको हो।
मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बैठकपछि सञ्चारकर्मीमाझ भने- सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ। यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij