२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पृथकताबादीद्वारा काश्मीरमा ४८ घन्टाभित्र दोश्रो आक्रमण, तीन भारतीय सुरक्षाकर्मीको मृत्यु

पृथकताबादीद्वारा काश्मीरमा ४८ घन्टाभित्र दोश्रो आक्रमण, तीन भारतीय सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मीरको हन्तवाडा जिल्लामा पृथकताबादी शसस्त्र समूहले ४८ घन्टाभित्र दोस्रो आक्रमण गर्दा तीन जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । त्याहा दुई दिन अघि मात्र हतियारधारी समुहको आक्रमणमा परि भारतीय सेनाको कर्णेल र मेजर सहित ५ जनाको मृत्यु भएको थियो ।

आज सोही जिल्लामा गस्तीमा हिडेका सिआरएफको टोलिमाथी हमला भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भीडन्तमा एक आक्रमणकारी पनि मारिएको जनाइएको छ ।

गत अगस्ट ५ मा काश्मिरको स्वायत्तता हटाउदै बिभाजन गरिए पछि भारत सरकार विरुद्ध आक्रमण बढन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij