काठमाडौँ- कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।
देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो।
भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरवत् रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ।
मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने समेेत बताइएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij