२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सरकार तत्काल राहत देऊ, व्यवसायी आन्दोलनमा उत्रनु नपरोस्

सरकार तत्काल राहत देऊ, व्यवसायी आन्दोलनमा उत्रनु नपरोस्

नरेश कटुवाल – अध्यक्ष, नेपाल राष्ट्रिय व्यवसायी महासंघ

नरेश कटुवाल अध्यक्ष नेपाल राष्ट्रिय व्यवसायी महासंघ

लकडाउनको कारण नेपालको अर्थतन्त्र निकै नै प्रभावित भएको छ । अधिकांश श्रमिकहरुको रोजगारी गुमेको छ । पसल, व्यवसाय, उद्योग सबै बन्द छन् ।

मानिसको आर्थिक अवस्था अझ कमजोर बन्दै गएको छ । कामबाट फुर्सदिला बनेका श्रमिकहरु काठमाडौंमा टिक्न सक्ने अवस्था नहुँदा जन्मथलो जान चाहिरहेका छन् तर सकेका छैनन् । कर्मथलोमा बस्न सक्ने अवस्था छैन । आज मे दिवस मनाईरहँदा श्रमिकहरुको अवस्था निकै नै नाजुक छ । यसतर्फ राज्य पक्षले ध्यान केन्द्रित गर्नु जरुरी छ ।

यतिबेला श्रमिक वर्ग मात्र पीडित छैनन् । रोजगारदाताहरुको अवस्था समेत कमजोर बनेको छ । लकडाउनको कारण सृजना भएको समस्यालाई लक्षित गरेर नेपाल सरकारले केही राहतका कार्यक्रमहरु व्यावसायिक क्षेत्रको लागि समेत ल्याएको छ । तर त्यो अप्रयाप्त रहेको व्यवसायीहरुको धारणा छ ।


नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाल सरकारले व्यावसायिक क्षेत्रलाई लक्षित गरेर थप राहत कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।  सरकारले ल्याउनुपर्ने राहतले उद्योग तथा व्यवसायलाई पुनः चलायमान बनाउन सकिने किसिमको हुनुपर्ने उनको धारणा छ ।

सरकारले कर्मचारीलाई लकडाउन अवधिको पूरै तलब उपलब्ध गराउन नेपाल सरकारले भनिरहँदा उद्योगी तथा व्यवसायीहरु त्यो अवस्थामा नभएको र व्यवसायी माथि निकै ठूलो भार थोपरिएको कुरामा नेपाल सरकारले विचार गर्दै तत्काललाई जरिवाना छुट, व्याजदरमा छुट, बिना धितो थप कर्जाको व्यवस्था लगायतका व्यवस्था गरी व्यावसायिक क्षेत्रलाई गतिशिल बनाउन सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्छन् ।

राज्यले तत्काल नै यस किसिमको व्यवस्था गर्नुपर्ने बताउँदै उनले सरकार तत्काल व्यवसायीहरुका समस्यामा गम्भीर नभए लकडाउन खुलेलगत्तै सम्पूर्ण साना तथा मझौला व्यवसायी र उद्योगीहरु स्वतस्फूर्त रुपमा सडकमा निस्कने अवस्था सृजना हुन सक्ने तर्फ समेत राज्य पक्षलाई सचेत बनाएका छन् ।

यसको अलावा सरकारले अब क्रमिक रुपमा लकडाउन खुकुलो बनाउँदै व्यवसाय सञ्चालन गर्ने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij