काठमाडौं-नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ।
बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्ती मार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो ।
फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई विज्ञपती मार्फत अग्रह गरिएको छ।
संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्र गरेको छ ।
साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij