२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना विरुद्धको उपचारमा पलायो नयाँ आशाः ईवोलाको उपचारमा प्रयोग भएको रेमडेसिविर प्रभावकारी

कोरोना विरुद्धको उपचारमा पलायो नयाँ आशाः ईवोलाको उपचारमा प्रयोग भएको रेमडेसिविर प्रभावकारी

एजेन्सी । कोरोना भाईरसको उपचारमा एउटा नयाँ आशाको सञ्चार पैदा भएको छ । रेमडेसिविर नामक औषधीले अधिकाश कोरोना संक्रमित निको भएको देखिएको बिबिसीले जनाएको छ । यद्यपि, यो शुरुवाती ट्रायल हो ।

यो औषधी ईबोलाका बिरामीका लागि प्रयोग गरिएको थियो । ट्रायल डाटाका अनुसार विश्वभरका ७५ प्रतिशत अस्पतालमा एक हजार भीर रुपले संक्रमितलाई यो औषधी दिईएको थियो । यसले प्लेसीबो दवाईको तुलनामा ३१ प्रतिशत बढी बिरामी निको भएका छन् ।

यो औषधीले ११ देखि १५ दिन सम्मको अवधिमा परिणाम देखाईरहेको छ । वैज्ञानिकहरुले यो औषधी प्रभावकारी हुन सक्ने औल्याएका छन् । यो औषधी अमेरीकी कम्पनी गिलिएडले उत्पादन गरीरहेको छ । यो अझै प्रमाणित हुन अरु धेरै तथ्यांक जरुरी हुने बताईएको छ ।

शुरुमा चीनमा गरिएको यसको प्रयोग सफल भएको थिएन । अमेरीकाका श्वास्थ्य विज्ञ डा. एन्थोनी फौसीले यो ट्रायल सफल हुनु एक राम्रो समाचार भएको बताए । बेलायतताक प्रोफेसर महेश परमारले यो अन्तराष्ट्रिय स्तरको पहिलो ट्रायल भएको भन्दै यसले आशा जगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij