२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पूर्व सचिव उपाध्यायलाई पक्राउ गरिएकोमा सिडेनको गम्भीर ध्यानाकर्षण, तत्काल रिहाइ गर्न माग

पूर्व सचिव उपाध्यायलाई पक्राउ गरिएकोमा सिडेनको गम्भीर ध्यानाकर्षण, तत्काल रिहाइ गर्न माग

सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन)ले वरिष्ठ इन्जिनियर तथा नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायलाई पक्राउ गरिएको गरिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै विज्ञप्ति प्रकाशन गरेको छ ।

वाक स्वतन्त्रता लोकतन्त्रको गहना भएको बताउँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि वाक स्वतन्त्रताको लागि सङ्घर्ष गरिरहनुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।

सिडेनका उपाध्यक्ष ई. लक्ष्मण केसीले जारी गरेको उक्त विज्ञप्तिमा यस घटनालाई लज्जास्पद घटनाको संज्ञा दिइएको छ ।

संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको यस घटनाबाट उल्लङ्घन भएको प्रति संकेत गर्दै संस्थाले निज भिम प्रसाद उपाध्यायलाई तत्काल ससम्मान रिहाई गर्नुपर्ने माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij