२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन उल्लंघन गर्ने १३ सय ६१ जना प्रहरीकाे नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १३ सय ६१ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ सय ८४ महिला सहित  १३ सय ६१  जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार विहान ६ बजे देखि बेलुकासम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसै गरी  ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी ५ सय ४८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाडौंमा सबै भन्दा बढी ११ सय ४१, ललितपुरमा १ सय ४ र भक्तपुरमा १ सय १६ जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर सबैको सुरक्षाको लागि भएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij