काठमाडौं । सानिमा बैंक लि. ले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij