
एजेन्सी-विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ। जिल्लाका उत्तर-पश्चिममा अवस्थित मिथिला नगरपालिका-११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ। लकडाउनका वेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ।
काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको बताइएको छ। उनीहरुले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत वहुमूल्य रुख काटेर बिक्री गर्ने गरेका छन्।
अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु महोत्तरीको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ।
रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij