२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनले चिया टिप्न समस्या, निर्यात बजार समेत प्रभावित हुन सक्ने

लकडाउनले चिया टिप्न समस्या, निर्यात बजार समेत प्रभावित हुन सक्ने

शान्ता बास्कोटा कोइराला, निर्देशक, कन्चनजङ्गा टि स्टेट

चिया मानिसको लागि स्वास्थ्यवर्द्धक मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता समेत हुने भएकोले नियमित रुपमा ग्रिन टी सेवन गर्न स्वास्थ्यकर्मीहरुले नै सिफारिस गर्छन् । अहिले कोरोनाको कारण उत्पन्न भएको त्रासदी बीच रोग प्रतिरोधात्मक क्षमतामा थप सुधारको लागि समेत चिया सेवन अझ महत्वपूर्ण देखिएको छ ।

नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चियाको उत्पादन, प्रशोधन तथा बजारीकरणमा लकडाउनको प्रभाव सम्बन्धमा यस क्षेत्रमा दशकौं लामो अनुभव समेट्नुभएकी एक शाहसिक चिया उद्यमी महिलाको रुपमा प्रसिद्ध शान्ता बास्कोटा कोइरालासँग कुराकानी गरेका थियौं ।

चिया बजारमा लकडाउनको प्रभाव र अबको बजार सम्बन्धमा यसो भन्नुहुन्छ शान्ताः

अहिले नेपालमा चिया उत्पादन क्षेत्र लकडाउनको कारण प्रभावित भएको छ । यतिबेला नेपालका चिया बगानहरुमा चिया टिप्ने समय हो । तर चिया बगानमा काम गर्ने कामदारहरु लकडाउनको कारण उपलब्ध हुन नसक्दा चिया बोटमा नै नोक्सान हुने अवस्था छ ।

कोरोना त्रासको कारण सहजै गाउँका बासिन्दालाई चिया उत्पादनको लागि काममा लगाउँदा पनि कोरोना संक्रमण बारे शङ्का गर्नुपर्ने अवस्था छ । अर्को विकल्प चिया बगानमा नै क्वारेन्टाइन निर्माण पनि हुन सक्थ्यो । यद्यपि मौसमी रुपमा काम गर्ने कामदार तथा कर्मचारीलाई चिया बगान क्षेत्र भित्र नै एकान्तवासको व्यवस्था गर्न सकिने अवस्था समेत छैन । यसको लागि हामीसँग स्रोतसाधनको कमी छ । त्यसै कारण आवश्यक विधि अपनाएर दूरी कायम राख्दै काम गर्नुपर्ने बाध्यता हामीमा छ ।

चिया बजारः

अहिले नेपालमा उत्पादन हुने चिया मध्ये करिब ३० प्रतिशत अर्थोडक्स र ७० प्रतिशत सिटिसी चिया उत्पादन हुँदै आएको अनुमान गरिन्छ । नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स अर्गानिक चियाको माग पश्चिमी विकसित मुलुकहरुमा उच्च छ । कन्चनजंगा टि स्टेटले अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । यस कम्पनीले बार्षिक करिब ६०-६५ हजार किलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ ।

कोरोना त्रासको कारण सहजै गाउँका बासिन्दालाई चिया उत्पादनको लागि काममा लगाउँदा पनि कोरोना संक्रमण बारे शङ्का गर्नुपर्ने अवस्था छ । अर्को विकल्प चिया बगानमा नै क्वारेन्टाइन निर्माण पनि हुन सक्थ्यो । यद्यपि मौसमी रुपमा काम गर्ने कामदार तथा कर्मचारीलाई चिया बगान क्षेत्र भित्र नै एकान्तवासको व्यवस्था गर्न सकिने अवस्था समेत छैन ।

अन्तर्राष्ट्रिय बजार प्रभावित हुन सक्नेः

अहिले उत्पन्न भएको समस्याको कारण विदेशमा निर्यात हुने चियाको बजार के हुने हो भन्ने द्विविधा हामी व्यवसायीहरुमा पनि सृजना भएको छ । नेपालबाट अर्थोडक्स चिया निर्यात हुने प्रमुख मुलुक जर्मनी हो । अहिले कोरोनाको ठूलो असर पर्ने मुलुक मध्ये जर्मनी पनि भएको कारण माग समेत घट्न सक्ने हामीले अनुमान गरेका छौं ।

यसको अलावा बाह्य मुलुकबाट चियाको माग हुने सम्भावना रह्यो भनेपनि नेपालमा उत्पादित अर्थोडक्स चियाको नमुना पठाउन समेत समस्या हुने देखिएको छ । यसको प्रभाव हाम्रो निर्यात बजारमा प्रत्यक्ष रुपमा पर्ने देखिन्छ ।

अन्य समस्याः

नेपालकै सन्दर्भमा पनि चिया उत्पादकहरुले अहिलेको अवस्था सामना गरी कसरी आर्थिक सन्तुलन कायम गर्न सक्छौं भन्ने कुरा ठूलो  समस्याको रुपमा देखिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij