२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गलत नतिजा देखाएपछि भारतमा र्‍यापीड टेस्ट कीटमा लगाइयाे प्रतिबन्ध

गलत नतिजा देखाएपछि भारतमा र्‍यापीड टेस्ट कीटमा लगाइयाे प्रतिबन्ध

र्‍यापीड टेस्ट कीटबाट गरिने कोभिड–१९ को परीक्षणमा समस्या देखिएपछि भारतको इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)ले राज्यहरुलाई त्यसको प्रयोग स्थगन गर्न निर्देशन दिएको छ ।

कोरोनाभाइरसविरुद्धको एन्टीबडी शरीरमा छ कि छैन भनेर जाँच गर्ने कीटले सही नजिता नदिएको भन्दै विभिन्न राज्यले जानकारी दिएका थिए । भारतले परीक्षणको दायरा बढाउन चीनबाट १० लाख कीट आयात गरेको थियो । अन्य देशले पनि चीनबाट आयात गरिएको कीटमा समस्या देखिएको बताए पनि बेइजिङले कीटको गुणस्तर ठीक रहेको दाबी गर्दै आएको छ ।

 

भारतमा कम्तिमा ३ राज्यले कीटले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठाएका थिए । राजस्थानले त कीट नै प्रयोग नगर्ने बताएको थियो । ती राज्यका अधिकारीहरुले कीटले ५ प्रतिशत मात्र सही नतिजा दिने गरेको बताएका छन् । पहिले नै पोजेटिभ प्रमाणित भएका बिरामीमा कीट प्रयोग गर्दा नजिता नेगेटिभ देखाएको उनीहरुले बताएका छन् ।

योसँगै आईसीएमआरले दुई दिनका लागि सबै राज्यहरुलाई परीक्षण बन्द गर्न निर्देशन दिएको छ । आईसीएमआरले कोभिड–१९ को प्रमुख ‘डायगोनिस्टिक टुल’ का रुपमा र्‍ यापीड टेस्ट कीटलाई बनाउने विषयमा पहिले नै सावधानी गराएको जनाएको छ ।

धेरै देशका वैज्ञानिहरुले लामो समय लागे पनि ल्याबबाट गरिने परीक्षण नै कोभिड–१९ का लागि उत्तम परीक्षण विधि भएको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij