२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरिकामा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या आठ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार, अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख २४ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या पनि ४५ हजार ३९ पुगेको छ ।

अमेरिकाको न्युयोर्क राज्यमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । न्युयोर्कमा दुई लाख ५८ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । त्यस्तै न्यु जर्सीमा ९२ हजार र मासाचुएट्समा ४१ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । न्युयोर्कमा अहिलेसम्म १९ हजार एक सय १४ पुगेको छ । न्युजर्सीमा कोरोना भाइरसको कारण चार हजार सात सय ५३ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा अहिलेसम्म एक हजार नौ सय ६१ को मृत्यु भइसकेको हो ।

अहिलेसम्म अमेरिकामा ७५ हजार पाँच सयभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij