एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मात्रै करीब ७ हजार मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या पनि ९० हजार बढेर २५ लाख ६० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको हेल्थ सेन्टरका अनुसार विश्वभर कुल मृतकको संख्या एक लाख ७७ हजार पुगेको छ भने संक्रमित २५ लाख ६० हजार भन्दा बढी पुगेको छ ।
कोरोनाको केन्द्र बनेको अमेरीकामा मृत्यु हुनेको संख्या ४४ हजार ८ सय ५ पुगेको छ । यो खबर तयार पार्दा सम्म त्याहाँ पछिल्लो २४ घण्टामा २५ सय ३२ जनाको मृत्यु भएको छ । कुल संक्रमित ८ लाख २३ हजार नाघेको छ । यो विश्वमा सबै भन्दा बढी हो । त्यस पछि ईटालीमा मृत्युदरमा कमी आएको छ । त्याहाँ मृतककोसंख्या २४ हजार ६ सय नाघेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ८४ हजार नजिक पुगेको छ ।
स्पेनमा पनि मृत्यु दरमा केही कमी आएको छ । त्याहाँ कुल २१ हजार २ सय नाघेको छ । तर संक्रमितको संख्या भने २ लाख ४ हजार बढी पुगेको छ ।
त्यस पछि फ्रान्समा मृत्यु हुनेको संख्या पनि २० हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या एक दाख ५९ हजार नाघेको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या १७ हजार तीन सय नाघेको छ भने संक्रमित एक लाख ३० हजार पुगेको छ । जर्मननीमा मृतकको संख्या ५ हजार पार भएको छ । त्यसै गरी संक्रमित एक लाख ४८ हजार बढी भएको छ ।
ईरानमा मृत्यदर घटेको छ त्याहाँ एक सय भन्दा कम मृत्यु भएको छ पछिल्लो २४ घण्टामा । संक्रमितको संख्या भने ८४ हजार ८ सय नाघेको छ ।
यस्तै टर्कीमा एकै दिन ५ हजार बढी संक्रमित बढेर ९५ हजार पुगेको छ भने मृतकको संख्या २२ सय नाघेको छ ।
बेल्जियममा मृतकको संख्या ६ हजार नजिक पुगेको छ भने संक्रमित ४० हजार ८ सय भन्दा बढी भएको छ । ब्राजिलमा मृतकको संख्या २७ सय ४१ पुगेको छ भने संक्रमित एकै दिन तीन हजार बढेर ४३ हजार पुगेको छ ।
क्यानडामा मृतकको संख्या १९ सय ९ पुगेको छ भने संक्रमित ३९ हजार ४ सय ६४ पुगेको छ ।
नेदरल्याण्डमा मृतकको संख्या ३९ सय सय २९ पुगेको छ भने संक्रमित ३४ हजार ३ सय भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या ५२ हजार ७ सय नाघेको छ भने मृतकको संख्या ४ सय ५६ पुगेको छ ।
स्वीजरल्याण्डमा करीब २८ हजार बढी संक्रमित भएका छन् भने १४ सय ७८ जनाको मृत्यु भएको छ । त्याहाँ संक्रमण दर घटेको छ । यसै गरी पोर्चुगलमा २१ हजार ३ सय ७९ संक्रमित पुगेका छन् भने मृतकको संख्या ७ सय ६२ पुगेको छ ।
यता भारतमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । भारतमा संक्रमित एकै दिन १५ सय भन्दा बढी थपिएर २० हजार पार भएको छ । मृतकको संख्या ६ सय ४५ पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ९ हजार ७ सय ३८ पुगेको छ भने मृतकको संख्या २ सय ९ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij