२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ग्रिल महासंघबाट प्रहरीलाइ मेनक्याच स्टीक निशुल्क वितरण

ग्रिल महासंघबाट प्रहरीलाइ मेनक्याच स्टीक निशुल्क वितरण

बैशाख ३ गते ग्रील तथा स्टील ब्यवसायी महसघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरिय प्रहरी बृत कमलपोखरिका प्रमुख भरत बहादुर बिकलाई मेनक्याच स्टीक निशुल्क हस्तान्तरण गर्नु भयो ।

बिस्वब्यापी रुपमा अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न नेपाल सरकारले घोसणा गरेको लकडाउनको प्रभाबकारी कार्यान्वयन गर्न लकडाउन उलंघन गर्नेलाई सुरक्षित किसिमले सोसियल डिस्टेन्स कायम गरि नियन्त्रणमा लिन उक्त मेनक्याच स्टीक उपयोगी हुने यदि संक्रमित ब्यक्ति भए दुबै जना सुरक्षित हुने हुँदा यस्को महत्त्वलाई महसुस गरि आफ्नो जिउज्यान जोखिममा राखी जनताको जिउधनको सुरक्षाको निम्ति अहोरातआफ्नो ड्युटिमा खटिरहेका सुरक्षाकर्मिलाई सुरक्षित राख्न र मनोबल बढाउन नेपालमै उपलब्ध सामानको प्रयोग गरि तयार गरिएको मेनक्याच स्टीक महासंघले देशका अन्य स्थानमा पनि उपलब्ध गराउने जानकारी अध्यक्ष कटुवालले  यो महामारी बाट बच्न सबैले लकडाउनको पालना गरि सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

महासंघले यस अघि आफ्ना मातहतका जिल्लाहरु ललितपुरले सर्जिल मास्क र सेनिटाइजर मकवानपुर जिल्लाले श्रमिकहरुलाइ खाध्यान्न , ठूलो भर्याङ इकाइबाट हात धुनको लागि पानी टेन्किको ब्यवस्था गरेको थियो  ।

अध्यक्ष कटुवालका अनुसार उक्त मेनक्याच स्टीक बुझ्नु हुँदै कमलपोखरि बृत प्रमुख भरतबहादुर बिक ले यस्तो कठिन परिस्थिरिमा महासघले गरेको यो सहयोगले प्रहरिको सुरक्षा सगै काम गर्ने मनोबल समेत बढ्ने भएको हुदा महासघ र काठमाडौं जिल्ला सघ प्रती आभार प्रकट गर्दै देशलाइ सन्कट परेको बेला सबैले मन खोलेर आफुले सक्ने सहयोग गर्नु मानबिय धर्म भएको बताउनुभयो।

कटुवाल ग्रील उध्योग कमलपोखरिले तयार गरेका उक्त सामान बनाउन महासंघ सचिब सम्सुदिन शेष र काठमाडौ जिल्ला सहसचिब भरत लामिछानेले सहयोग गरेका थिए।

अध्यक्ष कटुवालले सामुदायिक प्रहरी सेवा नक्सालका प्रहरी प्रमुख श्री वसन्त थापाज्युलाइ २०० थान  सर्जिकल माक्स प्रदान गर्नुभएकाे हाे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij