२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भारतमा कोरोना भाइरसबाट एकैदिन ३८ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकैदिन ३८ जनाको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।

त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४३९ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् । कोरोना भाइरस भारतको महाराष्ट्र सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने  दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij