२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बुटवलमा पैदल १२० जना मजदुरलाइ घर पठाइयाे

बुटवलमा पैदल १२० जना मजदुरलाइ घर पठाइयाे

बुटवल । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल आइपुगेका एक सय २० जना मजदुरको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिकाले तीन वटा बसमा उनीहरुलाई घर फर्कने वातावरण मिलाएको हो ।

दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका उनीहरु सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै हिँडेरै बुटवलसम्म आइपुगेका थिए । बुटवल उपमहानगरपालिकाले उनीहरुलाई निशुल्क खाना खुवाउनुका साथै स्वास्थ्य चेकजँच गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij